१४ असार, इनरुवा /सुनसरीमा ७० प्रतिशतको हाराहारीमा मत खसेको अनुमान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवा सुनसरीले दिएको जानकारी अनुसार जिल्लामा ७० प्रतिशतको हाराहारीमा मत खसेको हो । यद्यपी आधिकारिक विवरण आइनसकेकाले तथ्यांक घटबढ हुन सक्ने कार्यालयले जनाएको छ ।

सुनसरीका धेरैजसो मतदान केन्द्रको मतदान सकिएको छ भने केही धरान, इटहरी सहितका केही क्षेत्रमा ५ बजेभित्र मतदानकालागि मतदान केन्द्र छिरेका मतदाताहरु अझैपनि मतदानको क्रममा रहेको मूख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभयो । सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीका अनुसार सुनसरीको चुनाव शान्तिपूर्ण भएको छ । मतदान सकिएका केन्द्रहरुबाट मतपत्र सहितको मतपेटिका सम्वन्धित निर्वाचन अधिकृतको कार्यालयमा लैजाने क्रम सुरु भैसकेको छ ।

तपाईको प्रतिक्रिया