१४ असार, इनरुवा। इनरुवा मतदान सकिएपछि मतपत्र रहेको पेटिका सम्वन्धित निर्वाचन अधिकृतको कार्यालयमा बुझाउने क्रम सुरु भएको छ । मतदान अधिकृतहरुले सुरक्षाकर्मीसँगको समन्वयमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुर्याई रहेका छन् ।
शिलबन्दी गरिएको मतपत्र उच्च सुरक्षा बन्दोवस्ती सहित निर्वाचन अधिकृतको कार्यालयमा पुर्याउने क्रम जारी रहेको मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जनाएको छ । मूख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाका अनुसार सर्वदलिय बैठक डाकेर सकेसम्म आजैबाट मतगणना सुरु गरिने छ ।

तपाईको प्रतिक्रिया