इनरुवा असार १५/सुनसरीका दुई स्थानमा हिजो रातीबाटनै मत गणना सुरु गरिएको छ । भोक्राहा र बर्जु गाउँपालिकामा मत गणना जारी रहेको छ । सुनसरीको भोक्राहा गाउँपालिकाको वडा नम्वर १ मा मतगणना जारी रहँदा २६५ मत गरिएको छ । जसअनुसार अध्यक्षमा फोरम नेपालले ७३ मतका सुरुवाती अग्रता लिएको छ । एमालेले ५३, नेपाली काँग्रेस ३७, माओवादी केन्द्र ११ र राप्रपाले ११ मत पाएका छन् ।

त्यसैगरी बर्जु गाउँपालिकाको वडा नम्वर १ मा ६ सय मत गणना हुँदा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवारले १९३ मत पाएका छन् । एमालेले १३२ मत ल्याएको छ भने नेपाली काँग्रेसले ४५ , फोरम नेपाल १२ र लोकतान्त्रिकले ७५ मत पाएको छ । अन्यत्र सर्वदलिय बैठकको तयारी भैरहेको छ । ११ बजे सम्ममा सुनसरीका सबै तहमा मत गणना थालनी हुने मूख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवाले जनाएको छ ।

तपाईको प्रतिक्रिया