१५ असार, इनरुवा। इनरुवा नगरपालिकाको मत गणना सुरुवात हुन लागेको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवामा मतगणनाकालागि मतपत्र मिलाउने काम भैरहेको छ । वडा नम्वर १ र वडा नम्वर १० को भिन्ना भिन्नै कक्षमा मतगणना गर्न लागिएको हो । इनरुवामा ७४.९८ प्रतिशत मत खसेको छ । कुल मतदाता संख्या ३६ हजार १ सय ४५ रहेकोमा इनरुवामा २७ हजार १ सय २ मत खसेको छ ।

तपाईको प्रतिक्रिया