१५ असार, इनरुवा । दोस्रो चरणको निर्बाचनको बिभिन्न ठाँउमा मतगणना भैरहेको छ । सुनसरीमा मतपरिणाम सार्बजनिक भएका नगरपालीका मध्ये दुहबी बाहेक सबै ठाँउमा काग्रेस अगाडी देखिएको छ । इटहरीमा काग्रेसका मेयरका उम्मेरद्वार रोहीत प्रसाइले २२४ मत पाउदा एमालेका द्वारीक चौधरीले १९७ मत पाएका छन् । उपमेयरमा काग्रेसकी बिमला ढकालले २१४ मत पाउदा एमालेकी लक्ष्मी गौतमले १८३ मत पाएकी छन् ।

वडा नं १ र २० को मत गणना भएको हो । १ न वडा अध्यक्षमा काग्रेसका वडा अध्यक्षका उम्मेरद्वारले ७७ मत पाएका छन् भने एमालेका उम्मेरद्वारले ६३ मत पाएका छन् । वडा नं २० मा काग्रेसका उम्मेरद्वार मणिराम श्रेष्ठले ५४ मत पाउदा एमालेका रद्र बस्नेतले ३३ मत पाएका छन् । यी दुबै वडा काग्रेसले जित्ने वडा मानीन्छन् । वडा नं १ काग्रेस इटहरी नगर सभापति हेमकर्ण पौडेलको वडा हो भने वडा नं २० क्षेत्रिय सभापति मणिराम श्रेष्ठको वडा हो ।

त्यहा श्रेष्ठ आफै वडा अध्यक्षको उम्मेरद्वार छन् । सुनसरीका अन्य नगरपालीकामा पनि काग्रेस अगाडी छ । रामधुनी नगरपालीकामा काग्रेसका मेयरका उम्मेरद्वार जय प्रकास चौधरीले ८३ मत पाउदा एमालेका उम्मेरद्वारले ३१ मत पाएका छन् । माओबादी केन्द्रका उम्मेरद्बारले ३ मत पाएका छन् । सुनसरीकै सबै भन्दा धेरै मतदाता रहेको बराह नगरपालीकामा पनि काग्रेसनै अगाडी छ । काग्रेसका मेयरका उम्मेरद्वार बाबुराम बिष्टले ७४ मत पाएका छन भने एमालेका उम्मेरद्वारले ६७ मत पाएका छन् ।

दुहबीमा एमाले अगाडी छ । प्रतिष्पर्धामा लोकतान्त्रिक फोरम छ । त्यहा काग्रेस तेस्रो स्थानमा देखिएको छ । इनरुवामा काग्रेसको फराकीलो अग्रता छ । काग्रेसका राजन मेहताले ७९ मत ल्याउदा एमालेले १५ मत मात्र ल्याएको छ । हरिनगरा र देवानगन्ज गाँउपालकिामा पनि नेपाली काङ्ग्रेस अगाडी छ । भोक्राहामा फोरम नेपालको अग्रता छ । बर्जुमा माओवादी केन्द्रको अग्रता छ ।

तपाईको प्रतिक्रिया