- बिरेन्द्र शाह

१५ असार, इनरुवा। दोस्रो चरणको स्थानिय तह निर्वाचनको मतदान कार्यक्रम सकिए लगतै मतगणना कार्यक्रम तिव्र गतिमा चलिनै रहेको छ।

इनरुवा नगरपालिकाको मतगणना स्थल निर्वाचन आयोगको कार्यालय (भगवति मन्दिरको छेउ) मै राखिएको छ जहा हिजो मतदान सकिए लगतै देखि २४सै घन्टा मानिसहरुको भिड देख्नसकिन्छ। सबै पार्टि तथा दलका कार्यकर्ता देखि सर्वसाधारण मतगणनाको परिणाम बुझ्न उत्सुक भएर बसेको देखिन्छ। बेलुका भएपछि  निर्वाचन आयोग रहेको भवन तथा अगाडि पट्टि रहेको चौर पुर्ण रुपमा अन्धकारमा परिणत हुन्छ। त्यस भवनको बरन्डामा २ वटा बत्ति भन्दा बाहेको अन्य कुनै पनि किसिमको बत्ति नबलेको देखिन्छ।

मतगणनाको परिणाम सुन्न आउनु भएका सुरेन्द्र शाहले भन्नु  हुन्छ ” यस भगवति स्कुलको प्रांगनमा निर्वाचन आयोगले प्रयाप्त मात्रामा उज्यालोको व्यबस्था गरिदिएको भए राम्रो हुन्थियो।” उहा थप्नु हुन्छ “सबै भन्दा मुख्य कुरा त यो मतगणना स्थल हो र यो सुरक्षाको दृष्टिकोणले निकै नै संबेदनशील छ तसर्थ यस ठाउमा मतगणना सम्पन्न हुनजेल सम्मकोलागि प्रयाप्त बिजुलि बत्तिको व्यवस्था गर्नुपर्छ।”

 

तपाईको प्रतिक्रिया