१६ असार, अमर काफ्ले इनरुवा । सुनसरी अधिकांश स्थानमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ ।  १२ वटै स्थानीय तहमा जारी मतगणनाका क्रममा धेरैजसो स्थानमा काँग्रेस अगाडी देखिएको हो ।

धरान, इटहरी उपमहानगरपालिका सहित इनरुवा, बराह, रामधुनी नगरपालिका, गढी र हरिनगरा, भोक्राहा गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ ।  देवानगंज र दुहवीमा लोकतान्त्रिकको अग्रता कायमै छ । कोशी गाउँपालिकामा भने स्वतन्त्रका उम्मेदवारले अग्रता बनाएका छन् ।

बर्जुमा एमालेको अग्रता रहेको । त्यहाँ लोकतान्त्रिक दोस्रो स्थानमा रहेको छ भने नेपाली काँग्रेस तेस्रो स्थानमा छ । सुनसरीको बर्जु गाउँपालिका १ मा माओवादी उम्मेद्वार विजयी भएका छन् ।

दुहवीको १ र ३ मा एमालेको वडा अध्यक्ष सहितको प्यानलै बिजयी भएको छ भने दुहवीकै २ नम्वर वडामा नेपाली काँग्रेसले वडा अध्यक्ष पदमा बाजी मारेको छ । दुहवीको २ नम्वर वडा विजयकुमार गच्छदारको घर रहेको स्थान हो ।  त्यसैगरी सुनसरीको भोक्राहा गाउँपालिका वडा नम्वर ८ मा एमालेले वडा अध्यक्ष जितेको छ । हरिनगराको १ नम्वरमा नेपाली काँग्रेस प्लानलै बिजयी भएको छ ।

तपाईको प्रतिक्रिया