s300रसिया, १० मङ्सिर । रसियाले यसै वर्ष सनु २०१५ देखि अत्याधुनिक एस–३०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई तेहरान पठाउने भएको रसियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ । “तेहरान र रसियाबीच एस–३०० मिसाइल आपूर्तिसम्बन्धी सम्झौता भइसकेको छ, मलाई विश्वास छ केही भाग यही वर्षको अन्त्य भित्रै तेहरान पुग्नेछ,” इन्टर फ्याक्स समाचार संस्थाले राष्ट्रपति भ्लादिभिर पुटिनका सहयोगी भ्लादिभिर कोझिनलाई उद्धृत गर्दै बताएको छ ।मस्को र तेहरानले एस–३०० क्षेप्यास्त्र आपूर्तिका लागि सन् २००७ मा ८० करोड अमेरिकी डलर बराबरको सम्झौता गरेको थियो । पछि सन् २०१० को सेप्टेम्बरमा तत्कालीन रसियाली राष्ट्रपति दिमित्री मेदभेदेभले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को सङ्कल्पलाई पालना गर्दै एस–३०० मिसाइल आपूर्ति नगर्ने जनाउनु भएपछि सम्झौता रद्द गरिएको थियो ।पछि इरानले सम्झौता रद्द गरेको भन्दै ४ अबै अमेरिकी डलर बराबरको क्षतिपूर्ति मागेपछि वर्तमान राष्ट्रपति पुटिनले सम्झौता रद्द गर्ने रसियाली निर्णयलाई उल्टाउनु भएको हो ।

 

तपाईको प्रतिक्रिया