१७ असार, इनरुवा। इनरुवा १० जल्पापुरको वडाध्यक्ष र सदस्यको प्यानलै नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका हुन् । नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार मोहम्मद सुल्तान हुसैनको प्यानल  विजयी भएको हो ।

सुल्तान ७५३ मत सहित विजयी भएका छन् । उनका प्रतिद्धन्दी काँग्रेसका डा. खलिल अख्तरले ६६५ मत प्राप्त गरेका थिए । सो वडामा नेपाली कांग्रेसका मेयर उम्मेदवार राजन मेहताले ७६१, उपमेयर जमुना पोखरेलले ७४०, नेकपा एमालेका मेयर उम्मेदवार पोष्ट नेपालले ७३६ र उपमेयरका उम्मेदवार कवितादेवी यादवले ७६० मत प्राप्त गरेकी छिन । त्यहाँ माओवादी केन्द्रका मेयर उम्मेदवारले ३०६ र उपमेयरका उम्मेदवारले ३५९ मत प्राप्त गरेका छन ।

तपाईको प्रतिक्रिया