Morang-d१० मंसिर, मोरङ । मोरङको दक्षिणी भागमा पर्ने भाथीगाछ गाविसमा मधेसी मोर्चाका कार्यकर्ताले एक व्यक्तिलाई पेट्रोल छर्किएर आगो लगाएका छन् । आधा शरीर जलेका पीडित अस्पताल भर्ना भएका छन् । भाथिगाछ-७ निवासी बब्लु राजवंशी आफ्नो वडा नं २ स्थित ग्यारेजमा पेट्रोल बोकेर जाँदै थिए । सीमाबाट तेल लिएर आएका उनलाई मोर्चाका कार्यकर्ताले रोकेर आक्रमणको प्रयास गरेका थिए । राजवंशीले प्रतिकार गर्न खोज्दा उनैले बोकेको पेट्रोल छर्किएर आगो लगाइएको पीडितका आफन्तले बताए ।मोरङको भाथीगाछसँग जोडिएका मझारे र बुधनगर गाविस भारतसँग सीमा जोडिएका छन् । तर, भाथीगाछ चाँहि भारतसँग सीमा जोडिएको छैन । यद्यपि त्यहाँका बासिन्दाले समेत सीमा पारिसम्म गएर आफूलाई चाहिएको तेल ल्याउने गरेका छन् ।राजवंशीको शरीरको आधा भाग जलेको छ । उपचारका लागि कोशी अञ्चल अस्पताल पुर्‍याइएका उनलाई त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि अन्य अस्पताल लैजाने तयारी गरिएको छ ।घटनाबारे आफूसमक्ष जानकारी आइनसकेको मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले अनलाइनखबरलाई बताए ।अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया