१७ असार, दिलिप साह राजविराज । सप्तरीका युवाहरुले थालेको ५० हप्ते सरसफाई अभियान ४३ औं हप्ता सकिएको छ । ४३ औं हप्ता शनिबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको हनुमाननगर बजारमा सरसफाई गरिएको छ ।

सप्तरी युथ नेपालको अगुवाईमा ५० हप्ते सरसफाई अभियान प्रारम्भ गरिएको हो । शनिबार हनुमाननगर बजारको बिभिन्न ठाउँमा सरसफाई गरिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १२ अन्तर्गत मुख्य चोकदेखि भित्री वस्तीहरुमा समेत सरसफाई गर्दै युवाहरुले सरसफाईबारे चेतना जगाएका छन् ।

आफ्नो घर अगाडि तथा सार्वजनिक बाटोमा फोहोर गर्न नहुने, सरसफाई राखेपछि बिभिन्न रोगहरुबाट मुक्त भइने जस्ता सन्देशहरु समेत युवाहरुले प्रवाह गरेका छन् । सप्तरी युथ नेपालको अगुवाईमा युवाहरुले गरेको सरसफाईमा हनुमाननगर कंकालिनीमाई नगरपालिकाका कार्यकारी अधिकृत सुरेन्द्रकुमार यादवसहितका कर्मचारी एवं स्थानीयहरुले समेत सघाएका थिए । सरसफाई गर्न नगरपालिकाले कुचो र कोदोलो उपलब्ध गराएको थियो । सरसफाई तपाईंको हातमा हामी युवा तपाईंको साथमा भन्ने नाराका साथ सप्तरी युथ नेपालले ५० हप्ते सरसफाई अभियानको प्रारम्भ गरेको छ ।

 

तपाईको प्रतिक्रिया