मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
लगनशीलताले काममा सफलता दिलाउनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। अपराह्नदेखि घर-गृहस्थी खर्चिलो बन्न सक्छ। तापनि, रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ। समयको गतिलाई पछ्याउँदा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अरूका लागि बुद्धि र श्रम खर्चनुपरे पनि अध्ययनमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुनेछ। मिहिनेतले चिताएको काम बबन्नेछ। अपराह्नदेखि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ। परिवारिक असमझदारीले पनि केही समस्या निम्त्याउला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि तथा पशुधनले फाइदा दिलाउनेछ। अपराह्नदेखि अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। तापनि मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अग्रजहरूको सहयोग जुट्नुका साथै पराक्रमी काम सम्पादन हुनेछ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापार लाभदायी रहनेछन्। दिउँसोदेखि तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दुःख पाइनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
बोलीको प्रभाव बढ्नुका साथै चिताएको काम बन्नेछ। प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन्। प्रशस्त धन लाभ हुनेछ। अध्ययनमा प्रगति हुनेछ। विशेष समारोहमा सहभागी बन्ने मौका मिल्न सक्छ। साँझतिर स्रोत-साधन जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्नेछन् भने उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
विभिन्न अवसर प्राप्त हुनाले दैनिकीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। बौद्धिक साधनाले तार्किक क्षमतामा निखारता ल्याउनेछ। साँझदेखि ईर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला। शुभचिन्तकहरू स्वयं कमजोर हुनेछन्। तापनि मिहिनेतले मनग्गे दाम र सम्मानित स्थान दिलाउन सक्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बेलैमा होस नपुग्नाले अर्थ अभाव देखापर्न सक्छ। काममा केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा चिताएको काम रोकिन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। सहयोग गर्नेहरू कमै भेटिए पनि साँझदेखि स्थितिमा सुधार आउनेछ। बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिरनले व्यक्तित्व निखार्ने हुँदा धेरैको आकर्षण बढ्नेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। तापनि दैनिक आवश्यकता पूरा हुनेछन्। साँझदेखि आर्थिक लेनदेनमा सजग रहनुहोला। काममा खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। परिवारजनबाट समेत टाढिनुपर्ला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने मिहिनेत गर्दा नाम, दाम र इनाम प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरीमा चिनजानका माध्यमले फाइदा दिलाउनेछ। साँझदेखि मनग्गे लाभ लिने समय छ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि राम्रो फाइदा उठ्न सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। अरूका लागि खर्च बढ्ने देखिन्छ। साँझदेखि स्थितिमा सुधार आउनेछ। श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिले लक्ष्यमा पुर्याउनेछ। आफ्नो वर्ग वा क्षेत्रको जिम्मेवारी हातलागी हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ। नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। मिहिनेत गर्दा भाग्यले साथ दिनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
बिहानी रमाइलोमा बित्नेछ। व्यापारमा लाभ हुनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अपराह्नदेखि स्वास्थ्यगत समस्याले सताउन सक्छ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिएलान्। सानातिना समस्यामै अल्झनुपर्ला। श्रमको पूरा मूल्य प्राप्त नहुन सक्छ। नेपालि पात्रो

तपाईको प्रतिक्रिया