morcha band inaruwa
मंसिर १० इनरुवा
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सुनसरीले आज इनरुवा बजार बन्द गराएको छ ।छिटफुट रुपमा खुलेका बजार मार्चाको प्रर्दशन सँगै बन्द गराइएको हो ।प्रहरीले पक्राउ गरेका आफ्ना कार्यकर्ताहरु रिहाईको माग गरेको मोर्चाले झुठो मुद्धामा आफ्ना कार्यकर्ता पक्राउ गरी कार्वाही चलाएको आरोप लगाएको छ ।बजार क्षेत्रमा प्रर्दशन गर्दै मोर्चाले कालोबजारी र तस्करी बढेको भन्दै सरकार विरोधी नाराबाजी गरेका थिए ।
मोर्चाले इनरुवा बजार क्षेत्रमा प्रर्दशन गर्दै बन्दको अवज्ञा गरिए तोडफोड हुन सक्ने बताएपछि विहानी पख खुलेका बजार बन्द भएका थिए ।
मोर्चाको प्रर्दशन पछि भने बजार छिटफुट रुपमा खुलेका थिए ।सुनसरी प्रहरीले मधेश आन्दोलनको क्रममा विभिन्न घटनामा संलग्न भएको भन्दै ६ जना मोर्चा कार्यकर्ता उपर सार्वजनिक अपराध अन्र्तगतको मुद्धा चलाएको छ ।एक साता अघि पक्राउ परी इनरुवा प्रहरीको हिरासतमा रहेका दुहवीका रञ्जित गोस्वामी र मुन्ना साह हलवाईले आफुहरुलाई झुटो मुद्धामा प्रहरीले फसाएको भन्दै आमरण अनसन जारी राखेको बताएका छन् ।

तपाईको प्रतिक्रिया