२० असार, अमर काफ्ले इनरुवा सुनसरी।

सुनसरीको १२ वटा स्थानीय तह मध्ये ७ वटाको अन्तिम मत परिणामा घोषणा भएको छ । जस मध्ये दुई नगरपालिका सहित ४ वटा स्थानीय तहमा कांग्रेसले निर्वाचन जितेको छ भने दुई स्थानीय तहमा नेपाल लोकतान्त्रिक फोरमले मेयर र अध्यक्षमा चुनाव जितेको छ । एउटा स्थानीय तहमा भने संघिय समाजवादी फोरम नेपालले जितेको छ ।

रामधुनीमा नेपाली कांग्रेसका मेयर विजयी भएका छन् । रामधुनीमा भने उपमेयर नेकपा एमालले जितेको छ ।

सुनसरीको इनरुवा नगरपालिकामा नेपाली काँग्रेसले प्रमुख र उपप्रमुख दुबै पद जितेको छ । प्रमुख तर्फ काँग्रेसका राजन मेहता र उपप्रमुख तर्फ जमुना पोखरेल विजयी भएका छन् । मेहताले १०९८७ मत ल्याउँदा पोखरेलले १०९०६ मत ल्याएर जित निकालेका हुन् । इनरुवामा प्रतिद्धन्द्धी एमालेका पोष्टकुमार नेपालले ९८१३ र कबितादेवी यादवले ९१४९मत प्राप्त गरे ।

सुनसरीको हरिनगरा गाउँपालिकाको अध्यक्षमा काँग्रेले जित हात पारेको छ । काँग्रेसका गफार अन्सारीले ५ हजार ६ सय५२ मत पाएर बिजयी भएका छन् । उपाध्यक्षमा समेत काँग्रेसलेनै बाजी मारेको छ । रिमझिमकुमारी भगतले ५ हजार ९६ मत ल्याएर बिजयी भएकी छिन् ।

रामधुनी नगरपालिकामा भने प्रमुख तर्फ काँग्रेस र उपप्रमुखमा एमाले बिजयी भएको छ । काँग्रेसका प्रमुख तर्फका उम्मेद्वार जयप्रकाश चौधरी ९ हजार ७ सय ४२ मत पाएर बिजयी भएका छन् । उनले एमालेका नन्दकुमार बस्नेतलाई हराएका हुन् । बस्नेतले ८८५० मत पाए । रामधुनीमा उपप्रमुखमा एमालेकी उम्मेदवार सविता कुमारी चौधरीले ९ हजार ७ सय ४२ मत ल्याएर बिजयी भएकी छिन् । उनले काँग्रेसकी बिजया कटवाललाई पराजित गरेकी हुन् । कटवालले ७९२६ मत ल्याइन् ।

दुहवी नगरपालिका प्रमुखमा फोरम लोकतान्त्रिकले प्रमुख र उपप्रमुख जितेको छ । प्रमुखमा वेदनारायण गच्छदारले नेपाली कांग्रेसका गौरीशंकर रौनियारलाई पराजित गरेका हुन् । प्रमुख पद जितेका गच्छदारले ७४२० मत प्राप्त गरे ।

त्यसैगरी दुहवीको उपप्रमुख तर्फ एमालेलाई हराउँदै फोरम लोकतान्त्रिककै सुनिता दाहाल विजयी भएकिछिन् । दाहालले ६८८३ मत प्राप्त गर्दा एमालेकी चन्द्रकलादेवी विश्वासले ५८८१ मत प्राप्त गरिन् । भोक्राहा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद संघीय समाजवादी फोरम नेपालले जितेको छ । अध्यक्षमा महेन्द्रप्रसाद यादवले ३५२८ मत प्राप्त गरे भने उपाध्यक्ष पुनमकुमारी मेहताले ३३४३ मत प्राप्त गरी बिजयी भएकी छिन् । भोक्राहामा अध्यक्ष तर्फका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका अजमल अख्तर अन्सारीले १९९३ र उपाध्यक्षमा नेपाली काँग्रेसकै अन्जुदेवि मेहताले २३०५ मत प्राप्त गरिन् ।

त्यसैगरी सुनसरीको बर्जु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष फोरम लोकतान्त्रिकले जितेको छ । लोकतान्त्रिकका रघुनन्दन मेहताले ४७३४ मत ल्याएभने संगिताकुमारी रायले ४६२२ मत प्राप्त गरे । बर्जुमा प्रतिद्धन्द्धी एमालेका फनिलाल चौधरीले ३६९२ र एमालेकै सोमकुमारी गुरुङले ३६६८ मत प्राप्त गरिन् ।

त्यसैगरी सुनसरीको गढी गाउँपालिकामा नेपाली काँग्रेस बिजयी भएको छ । श्रीप्रसाद यादवले ५०५२ मत ल्याउँदा वीरनारायण चौधरीले ४०६४ मत पाएका थिए । गढीको उपाध्यक्ष जितेकी काँग्रेसकी राजकुमारी चौधरीले ४८१९ मत पाइन् भने प्रतिद्धन्द्धी लोकतान्त्रिक फोरमकी उम्मेदवार लालो थरुनीले ३६५५ मत पाएकी थिइन् ।

सुनसरीको धरान र इटहरी उपमहानगरपालिका र बराह नगरपालिकाको मत गणना जारी छ । त्यहाँ एमालेले अग्रता रहेको छ । त्यसैगरी सुनसरीको कोशी र देवानगंज गाउँपालिकाको अन्तिम परिणाम समेत सार्वजनिक हुन बाँकी छ । कोशी गाउँपालिकामा नेपाली काँग्रेसको अग्रता रहेको छ भने देवानगंजमा समेत काँग्रेसलेनै अग्रता लिएको छ । बराह नगरपालिकामा भने एमालेले अग्रता कायम गरेको छ ।
सुनसरीको इटहरी १ मा नेपाली काँग्रेसका वडाध्यक्ष विष्णुलाल चौधरी ९६५ मत सहित प्यानल बिजयी भएको छ । इटहरी ३ मा नेपाली काँग्रेसकै वडाध्यक्ष बालकृष्ण विष्ट ११०१ मत सहितको प्यानल बिजयी भएको छ ।

इटहरी १८ को वडाध्यक्ष माओवादी केन्द्रका उम्मेदवार रामकुमार चौधरी ६८१ मत सहित प्यानल बिजयी भएको छ । इटहरी २० मा नेपाली काँग्रेसका मणिराम श्रेष्ठ २३३१ मत सहितको प्यानल बिजयी भएको छ । त्यसैगरी इनरुवा नगरपालिका वडा नम्वर १ मा नेपाली काँग्रेसका रामचन्द्र पोद्दार ९५४ मत सहितको प्यानल बिजयी भएको छ । इनरुवा २ मा सुरेशप्रसाद यादवले ९७२ मत ल्याई बिजयी भएका छन् । उनको प्यानलै बिजयी भएको हो । त्यसैगरी इनरुवा नगरपालिका वडा नम्वर ३ मा नेपका एमालेका उम्मेदवार कालुराम गुरुङ १२९६ मत ल्याई बिजयी भए । त्यहाँ गुरुङको प्यानल बिजयी भएको हो । त्यसैगरी इनरुवा ४ मा समेत एमाले प्यानल बिजयी भएको छ ।

श्यामदेव मेहता १००८ मत सहितको उनको प्यानल बिजयी भएको हो । इनरुवा ५ मा अञ्जनी पोखरेललको एमाले प्यानल बिजयी भएको छ । इनरुवा ६ मा एमालेको प्यानल बिजयी भएको छ । कोशराज अधिकारीले १४४२ मत पाउँदा प्रतिद्धन्द्धी सुमन थापाले १२२९ मत पाएका छन् । इनरुवा ७ मा नेपाली काँग्रेसको किशोर सिङको प्यानल बिजयी भएको छ । इनरुवा ८ मा नेपाली काँग्रेसका उम्मेद्वार रविन्द्रप्रसाद मण्डल ११४४ मत सहितको उनको प्यानल बिजयी भएको छ । त्यसैगरी इनरुवा ९ मा एमाले उम्मेद्वार वसीर मंसुरी १३४४ मत सहित विजयी भएका छन् । इनरुवा ९ मा एमालेको प्यानलै बिजयी भएको छ । त्यसैगरी इनरुवा १० मा समेत एमालेको प्यानल बिजयी भएको छ । त्यहाँ मो.सुलतान मियाँले ७५३ मत ल्याई अध्यक्ष जित्दा उनको प्यानलै बिजयी भएको हो ।

कोशी गाउँपालिका १ मा स्वतन्त्र उम्मेदवार राजकुमार साह ७३९ मतका साथ निर्वाचित हुँदा खुल्ला सदस्य एक स्वतन्त्र र अन्यमा काँग्रेस उम्मेदवार विजयी भएका छन् । कोशी गाउँपालिका ८ मा फोरम नेपालका विन्देश्वरप्रसाद यादव ५३३ मत सहितको उनको प्यानल बिजयी भएको छ । गढी गाउँपालिका १ मा एमाले उम्मेद्वार शंकरप्रसाद चौधरी १२२५ मत सहितको प्यानल बिजयी भएको छ । गढी २ मा नेपाली काँग्रेसका अरुणकुमार चौधरी १०२२ सहितको प्यानल बिजयी भएको छ । गढी ५ नेपाली काँग्रेसका सुगना झाँगड ४०१ मत सहितको प्यानल बिजयी भएको छ ।

गढी ६ मा बन्धुलाल सरबरिया ५१० मत सहितको नेपाली काँग्रेस प्यानल बिजयी भएको छ । दुहवी १मा एमाले प्यानल बिजयी भएको छ । अजुल हुसेनले ५४८ मत ल्याएर जितेका हुन् । दुहवी २ मा अरविन्द कुमार विश्वासले अध्यक्ष पदमा २८३ मत ल्याएर बिजयी हुँदा अन्य उम्मेदवारहरुमा भने फोरम लोकतान्त्रिकले जितेको छ । दुहवी ३ मा माधव बहादुर भण्डारीको एमाले प्यानल बिजयी भएको छ । दुहवी ४ मा राजनकुमार बस्नेत एमालेको प्यानल बिजयी भएको छ । दुहवी ५ मा फोरम लोकतान्त्रिकका रमेशकुमार रौनियारको प्यानल बिजयी भएको छ । दुहवी ६ मा फोरम नेपालका मन्ना हलवाईको प्यानल बिजयी भएको छ । दुहवी ७ मा फोरम लोकतान्त्रिकका उम्मेदवार विजयकुमार चौधरीको प्यानल बिजयी भएको हो । दुहवी ८ मा तारिकचन्द्र सरदार नेपाली काँग्रेसको प्यानल बिजयी भएको छ । दुहवी ९ मा मेहदी हुसेन मियाको काँग्रेस प्यानल बिजयी भएको छ । दुहवी १० मा लोकतान्त्रिक फोरम लघुराम माझीको प्यानल बिजयी भएको छ । दुहवी ११ मा आशाराम चौधरी फोरम लोकतान्त्रिकको प्यानल बिजयी भएको छ । दुहवी १२ मा फोरम लोकतान्त्रिककै खुशिलाल चौधरीको प्यानल बिजयी भएको छ ।

देवानगंज १ मा लोकतान्त्रिकै सूर्यनारायण पालको प्यानल बिजयी भएको छ । देवानगंज ६ मा नेपाली काँग्रेसका देवनारायण मेहता सहितको उम्मेदवार बिजयी हुँदा खुल्ला सदस्य एउटा भने फोरम नेपालले जितेको छ । देवानगंज ७ को अध्यक्षमा नेपाली काँग्रेसका बद्रीप्रसाद यादव सहित अन्य पद जित्दा महिला सदस्य भने फोरम नेपालले जितेको छ । धरान १ मा नेपाली काँग्रेसको प्यानल बिजयी भएको छ । त्यहाँ रोशन अधिकारीको प्यानल बिजयी भएको हो । धरान २ मा माधव गोविन्द श्रेष्ठको काँग्रेस प्यानलले जितेको छ । धरान ३ मा एमालेको आशाकुमार श्रेष्ठको प्यानल बिजयी भएको हो । धरान ४ मानबहादुर राई एमालेको प्यानल बिजयी भएको छ । धरान ५ सन्तोष लिम्बु काँग्रेसको प्यानल बिजयी भएको छ । धरान ६ भुवान सिंह बस्नेतको एमाले प्यानल बिजयी भएको छ । धरान ७ एमाले भुपेन्द्रराज मोक्तानको एमाले प्यानल बिजयी भएको छ । धरान ८ एमाले रुद्रबहादुर लिम्बुको प्यानल बिजयी भएको छ । बराह १ मा नेपाली काँग्रेसका सुरेश श्रेष्ठको प्यानल बिजयी भएको छ । बराह २ को अध्यक्ष पद नेपाली काँग्रेसका हरिकृष्ण भटराईले जितेका छन् ।

महिला सदस्य र दलित महिला सदस्य एमाले र खुल्ला सदस्यहरु नेपाली काँग्रेसलेनै जितेको छ । बराह ३ रुद्रबहादुर दाहालको एमाले प्यानल बिजयी भएको छ । बराह ४ आशाराम चौधरीको एमाले प्यानल बिजयी भएको छ । बराह ५ मा राजु अधिकारीको एमाले प्यानल बिजयी भएको छ । वडा नम्वर ६ को अध्यक्षमा उद्धवप्रसाद पोखरेलले जितेका छन् । त्यहाँ काँग्रेसले महिला र दलित महिला सदस्य जित्दा खुल्ला सदस्यहरु भने एमालेले जितेको छ । त्यसैगरी बर्जु गाउँपालिकाको वडा नम्वर १ मा भने माओवादी केन्द्रको प्यानल बिजयी भएको छ । बर्जु १ मा श्यामकुमार गुरुङको प्यानल बिजयी भएको हो । बर्जु २ मा अध्यक्षमा आनन्द यादव सहितको काँग्रेसको टिम बिजयी हुँदा खुल्ला सदस्यमा एउटा पद एमालेले जितेको छ । बर्जु ३ मा प्रदीपकुमार चौधरीको एमालेको प्यानल बिजयी भएको छ । बर्जु ४ मा लोकतान्त्रिकका अध्यक्ष उम्मेदवार सम्पतलाल चौधरीको प्यानल बिजयी भएको छ । ५ मा किशोरकुमार चौधरीको लोकतान्त्रिक प्यानल बिजयी भएको छ । बर्जु ६ मा एमालेले अध्यक्ष जितेको छ । विनोद कुमार चौधरीले अध्यक्ष जित्दा अन्य पदभने लोकतान्त्रिकले जितेको छ ।

भोक्राहा १ मा ललितकुमार थापाको एमाले प्यानल बिजयी भएको छ । २ मा काँग्रेसका आलम अन्सारी मियाको प्यानल बिजयी भएको छ । ३ को अध्यक्षमा फोरम नेपालका सुकदेव यादव सहितको टिमले जितेको छ भने त्यहाँ महिला सदस्य काँग्रेसले जितेको छ । भोक्राहा ४ मा हारुन अन्सारी मियांको काँग्रेस प्यानल बिजयी भएको छ । ५ मा बसुरुद्धिन मन्सुरी सहित एमाले उम्मेदवारहरु विजयी हुँदा एक खुल्ला सदस्य राप्रपाले जितेको छ । भोक्राहा ६ मा फोरम नेपालका राजेश्वरप्रसाद साहको प्यानल बिजयी भएको छ । भोक्राहा ७ मा फोरम नेपालकै प्यानल बिजयी भएको छ ।त्यहाँ रामचन्द्र यादवको प्यानल बिजयी भएको हो । भोक्राहा ८ को अध्यक्षमा एमालेका हातिम अन्सारीले जितेका छन् । त्यहाँ दलित महिला सदस्य र एक सदस्य नेपाली काँग्रेसले जितेको छ । अन्यमा एमालेले जितेको छ ।

रामधुनी १ मा महेशकुमार चौधरी नेपाली काँग्रेसको प्यानल बिजयी भएको छ । २ को अध्यक्षमा एमालेका रामनारायण चौधरी सहित एक खुल्ला सदस्य काँग्रेस बाहेक सबै एमालेले जितेको छ । रामधुनी ३ को अध्यक्षमा नेपाली काँग्रेसका राजकुमार चौधरीले जितेका छन् । त्यहाँ एक सदस्य काँग्रेसले जितेको छ भने बाँकी सबै एमालेले जितेको छ । रामधुनी ४ अध्यक्ष एमालेमा मनेशकुमार चौधरीले जित्दा एक सदस्य काँग्रेस र बाँकी एमालेले जितेको छ । रामुधुनी ५ को अध्यक्षमा एमालेका डेगराज फुयाँलले जितेका छन् । बाँकी सबै काँग्रेसले जितेको छ । रामधुनी ६ मा हेमनारायण राजधामी एमालेको प्यानल बिजयी भएको छ । रामधुनी ८ मा एमाले रुद्रबहादुर बस्नेतको प्यानल बिजयी भएको छ ।

हरिनगरा १ मा अब्दुल रतिफ मियाँको काँग्रेस प्यानल बिजयी भएको छ । २ मा युनुस मियाँको काँग्रेस प्यानल बिजयी भएको छ । हरिनगरा ३ मा फोरम नेपालका अरविन्दकुमार मेहता बिजयी भएका छन् । त्यहाँ खुल्ला २ सदस्य एमालेले जितेको छ । हरिनगरा ४ मा अध्यक्ष काँग्रेसका सुदिलाल मेहताले जितेका छन् । त्यहाँ दलित महिला सदस्य र एक खुल्ला सदस्य फोरम नेपालले जितेको छ । हरिनगरा ५ मा सबिब मियाँको एमाले प्यानल बिजयी भएको छ । सुनसरीमा प्रमुख तर्फ ६५ र उपप्रमुखमा ५५ जनाको अन्तिम उम्मेद्वारी परेको थियो । अध्यक्षमा ६५ र उपाध्यक्षमा अन्तिम उम्मेदवारी दर्ता ५१ रहेको थियो । वडाध्यक्ष पदमा ७६० , महिला सदस्यमा ६२५, दलित महिला सदस्यमा ५६९ र सदस्यमा १२८७ जनागरी ३४७८ जना दोस्रो चरण स्थानीय तहको निर्वाचनमा सुनसरीबाट प्रतिष्पर्धामा रहेका थिए ।

तपाईको प्रतिक्रिया