२० असार, इनरुवा । नगरपालिका वडा नम्वर ६ मा एमाले प्यानल बिजयी भएको छ । मधेशामा एमालेका वडा अध्यक्ष कोषराज अधिकारीको प्यानल बिजयी भएको हो । अधिकारीले १४२२ मत पाए भने प्रतिद्धन्द्धी सुमन थापाले १२२९ मत मात्र पाए । त्यसैगरी अध्यक्ष तर्फका अन्य उम्मेदवारहरुमा कर्णकुमार श्रेष्ठले १३०, रामनारायण चौधरीले ८८, पानालाल चौधरीले ४१ र बलराम चौधरीले १४ मत प्राप्त गरे ।
सदस्यतर्फ बिजयी एमालेका राजु दाहालले १५३९ मत ल्याउँदा अर्का बिजयी एमालेकै सदस्य हेमनारायण चौधरीले १४७० मत पाए ।

त्यसैगरी सदस्यतर्फका अन्य उम्मेदवारहरुमा रुकमणी कोइरालाले १११३,बद्रीबहादुर थापाले १०७९, झबु्र चौधरीले १३१, एकबहादुर बस्नेतले १३०, संजिवकुमार चौधरी १०१,कृष्ण मोची ८५,बुधनारायण चौधरी ३५, तेत्रा मोची ३३, नन्दकिशोर मुखिया १८ र ललित शर्माले १८ मत प्राप्त गरेका छन् ।

एमालेका अन्य विजयी उम्मेदवारहरुमा एमालेकी महिला सदस्य पुण्यवती शिवाकोटी चापागाईले १४८९ मत प्राप्त गरेकि छिन् । महिला सदस्यहरुमा अन्य उम्मेदवारहरुमा चिनिया कुमारी कार्कीले १०५०, मिना थापाले १२७, मिना बुढाथोकीले ११७ र देवकुमारी भण्डारीले ९४ मत प्राप्त गरेका छन् । त्यसैगरी दलित महिला सदस्यतर्फ बिजयी मधेशाकी ठकनी सरदारले १५२२ मत प्राप्त गर्दा तारा मोची हरिचनले १०९९, किसनी सरदारले १२९,तारा मोचीले ८५,कल्पना दर्जीले ४२ र सरस्वती कुमारी खत्वेले १४ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया