अमर काफ्ले इनरुवा असार २०/इनरुवा नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली काँग्रेसले जितेपछि आज इनरुवामा बिजय जुलुस निकालिएको छ । नगर प्रमुख तर्फ बिजयी राजन मेहता र उपप्रमुख जमुना पोखरेल गौतम सहित विजयी वडाध्यक्ष सहितका उम्मेदवार सहितको बिजयी जुलुसले इनरुवा नगरको परिक्रमा गरेको थियो । बिजयी उम्मेदवारहरुले मतदाता सबै नगरवासीप्रति आभार प्रकट गरेका छन् । चुनावी एजेण्डाका रुपमा गरिएका बाचा पुरा गर्ने उनिहरुले प्रतिवद्धता जनाएका छन् ।


तस्विर : इनरुवा अनलाइन र फेसबुक

तपाईको प्रतिक्रिया