मलेठका किसानले लगाएको तरकारी बालीमा जमेको खाँडो खोलाको बाढीले तरकारीको बोट गल्दै ।

२० असार, दिलिप साह राजविराज । सप्तरी जिल्लामा तरकारी उत्पादन गरी व्यवसायको नाममा चर्चित मलेठका किसानलाई लाखौ रुपियाँ बराबरको तरकारीमा क्षती पुगेको छ ।  गत शनिबार खाँडो खोलाले बाँध कटान गरी पसेको बाढीका कारण तरकारी बालीमा पुर्याएको क्षतीले लाखौ रुपियाँको नोक्सानी भएको छ ।

रुपनी गाउँपालिका १ स्थित खाँडो खोलाको बाढीले वालुवाको बाँध कटान गरी सोही गाउँपालिकाको पौवा र बसबिट्टी भएर आएको बाढी मलेठका तरकारी बालीमा अहिलेसम्म नै जमेको कृषक मनोज मेहताले जानकारी दिनुभयो ।  राजविराज नगरपालिका–९ मलेठका किसानले खेतबारीमा रामतोरिया (भिण्डी), बोडी, फर्सी, करेला, लौका, खुर्सानी, साग लगायतको तरकारी उत्पादन गरी व्यवासाय गरेर आम्दानी गरिरहेको अवस्थामा बाढीले सपनालाई चकनाचुर पारेको भन्दै उहाँले भन्नुभयो, आफुले १० कठ्ठामा रामतोरिया, खुर्सानी, बोडी, फर्सी फलाएको छु, भर्खर एक÷दुई पटक मात्र बेच्न पाएको थिए । अब बाढीको पानी जमेको छ ।

यसले तरकारीका बोट गल्न थालेको छ । लगानी पनि डुब्ने अवस्थामा छ ।  मलेठका मनोजसँगै, प्रकाशकुमार मेहतो, भरत महतो, विजय महतो, आनन्दी महतो, लगायतका किसानको तरकारी खेतमा पानी जमेकोले चिन्तित छन । मलेठमा तरकारी खेतीदेखि दक्षिण टाँएिको कोशी पम्प पश्चिमी नहरका कारण पानीको सहज निकास नहुँदा यस्तो अवस्था आएको त्यहाँका किसानहरु बताउँछन । कृषिका अन्य खेती मध्ये मलेठबासी तरकारी खेतीलाई नै व्यवसायीक खेतीको रुपमा अपनाउँदै आएका छन ।

वर्षौदेखि राजविराज नगर हाटका एक चौथाई मलेठकै किसानले उत्पादन गरेको तरकारीले स्थान पाउँदै आएको हुँदा गत शनिबार बिहान बाढीले नोकसानी गर्दा नगरमा तरकारी अभाव महशुस भइरहेको उपभोक्ताहरु बताउँछन । जिल्ला कृषि विकास कार्यालय सप्तरीले तरकारीको पकेट क्षेत्रको सूचीमा मलेठलाई सूचिकृत गरिएको छ । मौसमी, बेमौसमी तरकारी उत्पादन गरी व्यवसाय गरेर घरपरिवारको गर्जो टार्नुको साथै बालबालिकाको पढाइ लेखाइ तथा बचत गर्दै आएको त्यहाँका किसानहरुको लागि बज्रपात झै भएको छ ।

तपाईको प्रतिक्रिया