एजेन्सी । अमेरिकाको डेट्रायट शहरमा अनौठो घटना भएको छ । कुनै बेलाका आमाछोरा अहिले बाबुछोरीमा परिणत भएका छन् । पाँच सन्तान भएको यो परिवारमा एकमात्र छोरा अब छोरी बनिसकेका छन् । अर्कोतिर बच्चाकी आमा पुरुष बनेकी छिन् । यसरी उनी बच्चाको लागि पिता बनेका छन् । आमा छोरा अब बाबुछोरीमा बदलिएका छन् ।

२०१२ मा यी आमाछोराले एउटा डकुमेन्ट्री हेर्दै थिए जो ट्रान्सजेण्डर महिलाको बारेमा थियो जो पुरुषको रुपमा जन्मिएकी थिइन् । छोरा कोरीले आफूलाई छोराको रुपमा स्वीकार गर्न सक्दैनथे । डकुमेन्ट्री हेरेपछि उनले आफ्नो बारेमा बुझे र उनले आफू ट्रान्सजेंडर बन्न चाहेको बताए । उता आमा एरिकालाई पनि महिला हुनु स्वीकार्य थिएन ।

उनलाई आफ्नो महिलाको स्वरुपमा छटपटी हुन्थ्यो । २०१५ मा हर्मोन थेरापीको सहयोगले उनीहरु दुवैले आफ्नो लिंग परिवर्तन गरे । यो परिवारमा नाता परिवर्तन भए पनि एक अर्कासँग सहज रुपमै बसेका छन् ।

तपाईको प्रतिक्रिया