बाढीपीडित परिवारलाई स्वास्थ्य सेवा, निःशुल्क औषधि सहित राहत सामग्री वितरण गर्दै विबेकशील नेपालका टिम ।

२१ असार दिलिप साह राजविराज । करिब एक सय भन्दा बढी परिवारलाई बिवकेशील नेपालले सप्तरीले निःशुल्क स्वास्थ सेवा, औषधि सहित राहत सामग्री वितरण गरेको छ ।

खाँडो खोलको बाढीले अति प्रभावित सप्तरीको रायपुर गाउँपालिका–२ पौवाका बाढीपीडित परिवारलाई सामान्य स्वास्थ्य सेवा, निःशुल्क औषधी सहित राहतका विभिन्न सामग्री वितरण गरिएको छ । विबेकशील नेपाल सुनसरीका आशिष कोइराला, केशव ढकाल, सवन पोखरेल, जुलेश दहाल, निखिल घिमिरे सहितको संयुक्त टोलीले मुरही, चिउरा, च्याउच्याउ, खाद्यान्न, झुल, लत्ताकपडा, पिउने पानी वितरण गरेको छ ।

अति बाढीपीडित पौवाँका मुन्नीलाल खंग, रामेश्वर खंग, रामअषिश खंग, सुन्दर खंग, बिन्दा खंग, भडीलाल खंग, शिवल खंग, हलेश्वर मरिक, घुरन मरिक, संजय यादव, सीतावीप्रसाद साह, उपेन्द्र शर्मा, लगायतलाई उक्त राहत सामग्री वितरण गरेको छ । सो वार्डमा करिब २०० जनाको घरमा तीन÷चार फीटसम्म बाढी पसेको थियो भने एक दर्जन जनाको निकै क्षती पु¥याउँदा बुधबारसम्म चुलो बलेको छैन ।

तपाईको प्रतिक्रिया