काठमाडौं । विवादै विवादमा परेर सांगठनिक रुपमा बदनामी कमाएको सशस्त्र प्रहरीबलभित्र फेरि एकले अर्कालाई सिध्याउने खेल सुरु भएको छ । स्थापना भएको १७ वर्षमा ९ वटा प्रमुख फेरेको सो संगठनका ४ जनामाथि भ्रष्टाचारको अभियोग लागेर अहिले अदालत धाइरहेका छन् ।

 

बहालवाला प्रमुख हुँदा नै भ्रष्टाचारको अभियोग लागेर निलम्बनमा परेका तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त नेपालको सुरक्षा इतिहासमा कलंक लागेर निलम्बनमा पर्ने पहिलो व्यक्तिको रुपमा दर्ता भएका छन् ।पछिल्लो पटक गर्न लागेको ऐन संशोधनले संगठनभित्रका उच्च अधिकारीबीच तिक्तता उत्पन्न गराइदिएको छ । सो संगठनभित्र ३० वर्षे सेवा अवधि हटाउने र सेवा अवधि ३२ वर्षे बनाउने खेलमा संगठनका प्रमुख नै लागेपछि विवादले उग्र रुप लिएको छ । नेपाल समाचार पत्र दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया