मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। व्यवसायभन्दा सेवामूलक कामबाट उपलब्धि हातलागी हुनेछ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। तर ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। शुभचिन्तकहरूले सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
रमाइलो परिवेश रहे पनि अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्दा मन खिन्न हुन सक्छ। सोचेको लाभ उठाउन नसकिएला। पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ। मध्याह्नदेखि स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ। सानातिना समस्यामै अल्झनुपर्ला। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिएलान्। अध्ययनमा बाधा पुग्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। वादविवादबाट टाढै रहनुहोला। स्वास्थ्य पनि कमजोर रहनेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। मध्याह्नदेखि स्थितिमा सुधार आउला। रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ। तापनि आफ्ना योजना गोप्य राखी समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अध्ययनमा प्रगति हुनेछ भने बुद्धिको उपयोगले लक्ष्यमा पुर्याउनेछ। रचनात्मक कार्यमा फाइदा हुनेछ। चिताएको काम बनाउन सकिनेछ। मध्याह्नदेखि अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको भर पर्दा दु:ख पाइनेछ भने प्रतिस्पर्धीहरूले फाइदा उठाउनेछन्। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। योजना सम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
मान्यजनको सुझाव शिरोधार्य गर्दा आंशिक लाभ हुनेछ। कृषि तथा पशुधनले फाइदा दिलाउनेछ। मध्याह्नदेखि अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। चिताएको काममा विलम्ब हुन सक्छ। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। मिहिनेत गर्दा बिस्तारै प्रगति हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
धैर्य एवं निरन्तरको प्रयत्नले मात्र काम बनाउन सकिनेछ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। आफन्तहरू टाढिने डरले सताउनेछ। दिउँसोदेखि नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयत्न गर्दा काम बन्ला। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। दिगो योजनामा अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
व्यावसायिक काममा सोचेको फल प्राप्त हुनेछ। सेवामूलक काम सम्पादन हुन सक्छ। तर धेरै बोल्नुभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। नयाँ काम सुरु गर्नुअघि शुभचिन्तक तथा सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला। दिउँसोदेखि प्रतिस्पर्धी बढ्नाले काममा सम्झौता गर्नुपर्ला। पहिलेका सहयोगीहरूले हात झिक्नाले अप्ठ्यारोमा परिनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारसमेत प्राप्त हुन सक्छ। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। मान-सम्मान प्राप्त हुनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ। मध्याह्नदेखि चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन्। पारिवारिक भेटघाटले रमाइलो जमघटको आनन्द दिलाउनेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
तत्काल लाभ नभए पनि आजको मिहिनेतले पछिसम्म फाइदा दिलाउनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर तत्काललाई अर्थ अभावले सताउन सक्छ। मध्याह्नदेखि सोखले फजुल खर्च गराउन सक्छ। आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ। तापनि लगनशील बन्दा दिगो काम प्रारम्भ हुनेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। अरूका लागि खर्च बढ्ने देखिन्छ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। सामान्य लाभ उठाउन सकिनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुन सक्छ। रोकिएको कामले उत्साह जगाउनेछ। तत्कालका आवश्यकता पूरा हुनेछन्।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। मध्याह्नदेखि अवसर मिले पनि चिताएको फाइदा नहुन सक्छ। केही काम स्थगन गर्नुपर्ने स्थिति आए पनि प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त होला। कार्यक्षेत्रमा विवाद आउने समय छ। -नेपालि पात्रो

तपाईको प्रतिक्रिया