काठमाडौं। पार्टीको विधानका विषयमा राष्ट्रिय जनता पार्टी नेपालमा देखिएको विवाद चरम उत्कर्षमा पुगेको छ । विवादका कारण बिहीबार पनि राजपा निर्वाचन आयोगमा दर्ता हुन सकेन ।

मधेस राजनीतिका अग्रणी नेता स्व. गजेन्द्रनारायण सिंह र रामजनम तिवारीलाई विधानमा नसमेटिएको भन्दै नेता अनिल झाले विधानमा हस्ताक्षर गर्न नमानेपछि विवादले उग्ररुप लिएको हो ।

यता, मधेसी जनताको भावना विपरीत गएको भन्दै जनकपुरधाममा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरिएको छ । केही आक्रोशित युवाले यादवले मधेसीहरूको भावनामा ठेस पुग्ने अभिव्यक्ति पदएको भन्दै उनलाई सचेत हुन आग्रह समेत गरे ।अाजकाे नेपाल समाचार पत्र दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया