२३ असार, इटहरी । थाेरै मतगणना बाकि रहदा इटहरी उपमहानगरपालिकामा मेयर र उपमेयरमा नेकपा एमालेले बाजी मार्ने निश्चित देखिएकाे छ । मत गणनाकाे सुरूवाती संगै तिनदिनसम्म लगातार अग्रता लिएकाे नेपाली कांग्रेसलार्इ पछि पार्दै अग्रता लिएकाे नेकपा एमालेले अन्तत अाफ्नाे जित पक्का गरेकाे हाे ।

अहिले इटहरीकाे मतगणना अन्तिम चरणमा पुगेकाे छ करीब बिहान १० देखि ११ बजे भित्रमा सबै मत परिणाम सार्वजनिक गरिसक्ने निर्वाचन अायाेगकाे तयारी संगै इटहरीमा नेकपा एमालेले अाफ्नाे बिजयी जुलुसकाे भब्य तयारी थालेकाे छ । इटहरीमा शुक्रबार बिहान ११ बजेदेखी २० वटै वाडहरू पुग्नेगरी एमालेले अाफ्नाे बिजयी जुलुस तयारी गरेकाे हाे ।

निर्वाचनकाे समयदेखिनै अाफ्नाे जित पक्का रहेकाे दाबी गर्दै अाएका एमाले इटहरी उपमहानगर अन्तरगत मेयरका उम्मेद्वार द्वारिकलाल चाैधरी र उपमेयर लक्षमी गाैतमले अन्तत इटहरीमा नेपाली कांग्रेसका मेयरका उम्मेद्वार राेहित प्रसाद प्रसार्इलार्इ २ हजार बढीकाे मतान्तरले पछि पार्दै फराकिलाे बिजयी शुनिस्चित गर्ने देखिएकाे छ ।

यता नेकपा एमालेले मेयर र उपमेयरमा सानदार बिजयी हासिल गरिरहदा अाफ्नै पकड बलियाे भएकाे स्थानहरू भने गुमाएकाे छ । एमालेकाे दरूराे पकड मानीएकाे धेरै वाडहरूमा नेपाली कांग्रेसले सानदार जित हासिल गरेकाे छ । बिगत २० बर्ष यता स्थानिय र संसदीय चुनाव जित्दै आएको इटहरी एमालेले स्थानिय तहको यो चुनाव पनि जित्ने निश्चित देखिएकाे छ तर बिगतमा एमालेमय हुने इटहरी अब कांग्रेस लगायतकाे अन्य दलहरूपनि सहभागी बनी समृद्ध नगर बन्नेमा स्थानीयहरू अासावादी देखिएका छन ।

अहिले सम्मकाे मत परिणाम सार्वजनीक भइसक्दा इटहरिका अधिकांस वडाहरूमा नेपाली कांग्रेसले सानदार जित हासिल गरेकाे देखिन्छ भने इटहरीकै वार्ड नं. ८ मा कांग्रेसकाे प्यानलै बिजयी हासिल गरिसकेकाे छ ।सबै मतपरिणाम कांग्रेसले इटहरीकाे १२ वटा वार्ड जित्ने अनुमान लगाइएकाे छ ।

फोटो: फेसबुकको वालबाट

तपाईको प्रतिक्रिया