काठमाडौं । सरकारले असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा राजपालाई सहभागी गराउन असारभित्रै संविधान संशोधनका लागि प्रयास गर्ने प्रतिवद्धता जनाएको छ ।

सरकार र राजपा नेताबीच शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सकेसम्म चाँडै संविधान संशोधन गर्ने गरी पहल सुरु गर्ने जनाएका थिए ।

राजपाका नेताहरूले असारभित्रै स्रशोधन गर्न आग्रह गरे । उनीहरूले यसअघि राजपासँग गरिएको तीनबुँदे सहमति पनि असारभित्रै कार्यान्वयन गर्न आग्रह गरेका छन् । अाजकाे नागरिक दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया