२४ असार, इटहरी । इटहरीबाट धरान जाँदै गरेको को २ च २१६ नम्बरको बोलेरो भ्यानमा शुक्रबार दिउँसो २ बजेको समयमा इटहरी १ पिपलचौकबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ ।पक्राउ पर्नेमा भ्यानका चालक मोरङ राजघाट ३ बस्ने २७ बर्षीय खेमराज सार्की र सोही भ्यानमा सवार सुनसरी लौकही बस्ने ३३ बर्षीय उदयनन्द यादव रहेको तरहरा प्रहरी चौकीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट प्रहरीले स्मा पोसिस क्याप्सुल एक हजार ८ सय ७२ थान र एम्पुल १८ थान लागुऔषधसहित पक्राउ गरिएको तरहरा प्रहरी चौकीका प्रहरी नायव निरिक्षक पहल बहादूर कट्वालले जानकारी दिए । बोलेरो भ्यान र लागुऔषध कारोबारी दुवै जनालाई तरहरा प्रहरी चौकीको नियन्त्रणमा राखिएको छ ।

तपाईको प्रतिक्रिया