काठमाडौं, २५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले असारभित्रै संविधान संशोधन विधेयक पारित गरेर मात्रै मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच संशोधन प्रस्तावमा संसदमा मतदान गराएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको हो ।उक्त सहमति अनुसार देउवा र प्रचण्डले शुक्रबार राष्ट्रिय जनता पार्टीसँग र शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री निवासमा शनिबार विहान भएको सत्तारुढ दल र राप्रपाबीचको बैठकमा पनि संशोधन प्रस्ताव छिट्छै संसदमा निर्णयार्थ पेस हुने धारणा राखिएको थियो ।

राप्रपा र केही साना दलले सरकारमा सहभागी हुने ईच्छा देखाउने तर सरकारले पेस गरेको संविधान संशोधनको पक्षमा खुलेर नआएपछि संशोधनपछि मात्रै सरकार विस्तारको रणनीति सरकारले बनाएको हो ।आजको अन्नपूर्ण पोस्टमा खबर छ।

तपाईको प्रतिक्रिया