दाङ । दाङबाट रुकुम जाँदै गरेको यात्रु बस आज बिहान सल्यानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । मृतकको सनाखत हुन सकेको छैन । इलाका प्रहरी कार्यालय लुहामका अनुसार ना ४ ख ५७५४ नम्बरको बस सल्यानको त्रिवेणी गाउँपालिकाको टुनिबोट नजिक सल्ले खोलामा दुर्घटना भएको हो ।

सिस्ने हिमाल यातायातको सो बस सडकबाट करिब एक सय मिटर तल खेतमा खसेको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि दाङ लगिएको छ भने अन्यको सल्यानमा उपचार भईरहेको छ । बसमा २८ जना यात्रु रहेका थिए । जसमा २५ जना पुरुष र अन्य तीन महिला रहेका थिए ।

तपाईको प्रतिक्रिया