इनरुवा असार २७/भगवति मावि इनरुवालाई चार थान ल्यापटप प्राप्त भएको छ । आइसीटी शिक्षामा पहुँचको उद्येश्यसाथ माइक्रोसफ्ट इन्जिनियर समिर थापाले विद्यालयलाई ल्यापटप हस्तान्तरण गरेका हुन् । समाजसेवी बलराम बरालको समन्वयमा डेल कम्पनीका ल्यापटप औपचारिक कार्यक्रमकावीच विद्यालयका प्रअ पुरुषोत्तम घिमिरेलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदी, सुनसरीका प्रहरी प्रमुख पोषराज पोखरेल, विद्यालयका शिक्षक,अभिभावक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । विद्यालयले कमप्यूटर शिक्षामा झेल्दै आएको स्रोत साधनको अभावलाई ल्यापटप हस्तान्तरण पछि केही हदसम्म समाधान भएको भगवति माविका कम्प्युटर शिक्षक द्धारिक निरौलाले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया