काठमाडौं । तराई मधेसकेन्द्रित ६ वटा पार्टी मिलेर गठन भएको राष्ट्रिय जनता पार्टी नेपालले भारतसहित चीनलाई पनि उत्तिकै महत्व दिने नीति लिएको छ । पूर्ववर्ती छवि र चरित्र बदल्ने संकेत देखाएको राजपाले दक्षिणी छिमेकी भारतका साथै चीनलाई पनि उत्तिकै महत्व दिनुपर्ने भन्दै आफ्नो परराष्ट्र नीति सार्वजनिक गरेको छ ।

 निर्वाचन आयोगमा बुझाएको पार्टीको घोषणापत्रमा नै चीनका बारेमा पहिलोपटक औपचारिक धारणा राखेर नजिक हुने संकेत देखाएको हो ।

‘छिमेकी मित्रराष्ट्र भारतसँगको प्राकृतिक, सांस्कृतिक एवं विशेष सम्बन्धलाई अझ उच्च र व्यवहारिक बनाइनुपर्ने पक्षमा यो पार्टी रहेको छ’, राजपाले परराष्ट्र सम्बन्धबारे उल्लेख गरेको छ, ‘साथै मित्रराष्ट्र चीनसँगको सम्बन्धलाई पनि अझ व्यवहारिक बनाइनुपर्ने पक्षमा यो पार्टी रहेको छ ।’आजको नागरिक दैनिकमा खबर छ।

तपाईको प्रतिक्रिया