इनरुवा/सुनसरी सदरमुकाम इनरुवामा आयोजित एक कार्यक्रमका सहभागि अभिभावकहरु सामूदायिक शिक्षाको खस्कँदो स्तरप्रति निकै चिन्तित देखिए । अनौपचारिक सेवा केन्द्र इन्सेक क्षेत्रीय कार्यालय बिराटनगरले आयोजना गरेको स्थानीय तहमा शिक्षाको अधिकार विषयक कार्यक्रमका सहभागिहरुले सरकारी सामूदायिक विद्यालयको अवस्था र सुधारको खाँचो औल्याएका हुन् ।

कार्यक्रममा सहभागि मध्ये अधिकांशका बालबालिका नीजि विद्यालयमा पठ्नपाठनमा रहेको पाइयो । उनिहरु भन्दैथिए सरकारी शिक्षाको स्तर खस्किँदै गयो । जसले नीजि विद्यालय रोज्नु बाध्यता बन्यो ।सहभागिहरुका जिज्ञासाको समाधान सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले गर्नुभयो । परिवर्तन स्वयं बाट थालनी आवश्यक रहेको बताउँदै सुवेदीले सरकारी विद्यालयमा गुणस्तरको कमी नभएको , पूर्वाधार सम्पन्न र समयानुकुल शिक्षाको अवधारणा लागु हुँदै गएको जानकारी गराउनुभयो । जिशिअ सुवेदीले अभिभावकको सोचमा परिवर्तन नआउँदा सरकारी सामूदायिक विद्यालयप्रति हेरिने दृष्टिकोण पुरातनवादी सोच सरह विद्यमान रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा इन्सेकका क्षेत्रीय संयोजक सोमराज थापाले शिक्षामा सबैको समान पहुँच आवश्यक रहेको धारणा राख्नु भएको थियो । वहाँले शिक्षा र स्वास्थ्य सबैको सरोकारको विषय भएकाले स्थानीय तहमा प्राथमिकताका राखी अधिकार सुनिश्चित गरिनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया