काठमाडाैं ।
चक्रपाणि खनाल, माओवादी नेता
२५ वर्ष भयो संगत गरेको, म उहाँलाई हरेक मोर्चामा परिणामकेन्द्रित र सफल देख्छु । अलि छिटो रिसाउनुहुन्छ । टिमवर्क राम्रो छ, तर आफूलाई राम्रो लागेको कुरामा अलि एकोहोर्याइँ गर्नुहुन्छ । कतिपय अवस्थामा परिणामलाई धेरै ध्यान नदिएर ठूलो जोखिम उठाउन तयार हुनुहुन्छ ।

अनुपकुमार उपाध्याय, सचिव, ऊर्जा
काम गर्न अत्यन्तै सजिलो हुनुहुन्छ । निर्णय लिनुअघि पर्याप्त छलफल गर्ने, तर निर्णय लिइसकेपछि पछि नहट्ने स्वभाव छ । काम गर्दा एउटा लक्ष्य निर्धारण गरेर सुरु गर्नुहुन्छ । त्यो लक्ष्य प्राप्तिका लागि लागिरहनुहुन्छ । खासमा उहाँ नतिजामुखी मानिस हो, नतिजा प्राप्तिका लागि प्रक्रियामा ध्यान दिनुहुन्न । उहाँ आफ्नो टिमको सदैव बचाउ गर्नुहुन्छ । उहाँको अर्को गुण भनेको टिमवर्क राम्रो हुनु पनि हो । विनाकारण काममा ढिलाइ गर्नेलाई भने उहाँ देखिसहनुहुन्न । कहिलेकाहीँ राति ३ बजे मैले यस्तो सोचेँ भन्दै मिटिङमा एजेन्डा प्रस्तुत गर्नुहुन्थ्यो । त्यसले त उहाँ सपना पनि कामकै देख्नुहुन्छ कि जस्तो लाग्छ ।

कुलमान घिसिङ, प्रबन्ध निर्देशक, नेपाल विद्युत् प्राधिकरण
टिमवर्कमा काम गर्न सकिन्छ भन्नेमा विश्वास गर्नुहुन्छ । बनेको टिमलाई अघि बढाउन राम्रो नेतृत्व गर्नुहुन्छ । आफ्नो टिमलाई सँधै आत्मविश्वास दिएर काम लगाउने उहाँमा क्षमता छ । काम सुरु नै नगर्ने, सुरु गरेपछि त्यसलाई पूरा गरेरै छाड्ने र पूर्ण रूपले कामप्रति समर्पित रहने उहाँको स्वभाव छ । कहिलेकाहीँ झट्ट रिसाए पनि केहीबेरमै त्यसलाई ‘रियलाइज्ड’ गर्ने र दीर्घकालीन रूपमा इगो राख्नुहुन्न । आफूले गर्ने कामबारे बुझ्न खोज्ने र बुझेर मात्र काम गर्ने स्वभाव छ ।

लक्ष्मी शर्मा, श्रीमती
अलि कडा स्वभावको हुनुहुन्छ । जतिसुकै बिरामी हुँदा पनि डरलाग्ने गरी खट्नुहुन्छ । उहाँलाई लागेपछि त्यो काम फत्ते नगरी मान्दै मान्नुहुन्न ।

अाजको नयाँ पत्रिकामा खबर छ।

तपाईको प्रतिक्रिया