accident-board_116618सप्तरी, ११ मङ्सिर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत भारदहमा सुरक्षा दिँदै लगिएको एउटा बस आज बिहान अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।  सिन्धुलीबाट काँकरभिट्टाका लागि छुटेको ना५प १६६४ नंको बस भारदह–१ स्थित कङ्कालनी मन्दिर नजिकको सडकमा पल्टिँदा सो दुर्घटना भई करिब २५ जना घाइते भएका छन् ।मृत्यु हुनेमा धनुसा, तुलसीपुर–४ की नौ वर्षीया निर्जला बस्नेत र अर्का एक ठेगाना नखुलेका जीवन अधिकारी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मेघराज अधिकारीले बताउनुभयो । घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान र विराटनगरको न्युरो अस्पताल पठाइएको छ ।पुर्वेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया