झापा – पहिला पनि चुँडिएको हात सफलतापूर्वक जोडेको बिर्तामोडस्थित बी एन्ड सी हस्पिटलले छिनेको खुट्टासमेत जोडेको छ । कन्काई नगरपालिका ५३ बर्षीय गोपाल विस्टको छिनेको खुट्टा जोडिएको खबर  छ । उनी असार १२ गते मोटरसाइकल दुर्घटनामा परेका थिए । ‘उनको खुट्ट लगभग छुट्टिसकेको थियो,’ हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले भने, ‘छालाले मात्र थोरै अडिएको थियो ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया