gun FIRINGझापा ११ मङ्सिर  दक्षिणी झापाको केचनामा नेपाल प्रहरीले चलाएको गोली लागेर आज विहान एक महिला घाइते भएकी छिन् ।
घाइते हुनेमा केचना –५ निवासी ५५ वर्षीया द्रौपदी गणेश रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता भीमवहादुर दाहालले जानकारी दिनुभयो ।नेपालबाट ठूलो परिमाणको सुख्खा सुपारी भारत तर्फ गईरहेको सूचना पाएर पुगेको प्रहरी र स्थानीयवासीबीच विवाद उत्पन्न भएपछि प्रहरीमाथि ढुङ्गामूडा प्रहार भएको थियो । दश गजा क्षेत्रमा भएको विवादको क्रममा भारतीय पक्षले नेपाल प्रहरी माथि ढुङ्गामूडा प्रहार गर्दै गोली प्रहार गरेपछि नेपाल प्रहरीले जवाफी कारवाहीका लागि गोली चलाएको दाहालले बताउनुभयो ।भारतीय पक्षले लगातार ४ राउण्ड गोली प्रहार गरेपछि जवाफी कारवाहीका लागि नेपाल प्रहरीले १३ राउण्ड हवाई फायर गरेको बताइएको छ ।सोही क्रममा प्रहरीले फायरिङ गरेको गोलीको छर्रा लागेर गणेश घाइते भएको प्रमुख जिल्ला जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । घाइते महिलाको तीग्रामा गोली लागेको छ ।उनको अहिले भद्रपुरस्थित ओमसाई हस्पिटलमा उपचार भइरहेको छ । गएराति दसगजा क्षेत्रबाट प्रहरीले दुई ट्याक्टर सुख्खा सुपारी पक्राउ गरेपछि स्थानीय व्यापारी तथा भारतीय पक्षका व्यपारीबीच आजविहान ५ वजे भनाभन भएको थियो । भनाभनकै क्रममा भारतीय पक्षले गोली चलाएपछि जवाफी फायरिङ्का क्रममा शौच गर्न हिडेकी गणेशमाथि गोली लागेको प्रहरीले जनाएको छ । प्रहरीले केचनाबाट ४० वोरा सुख्खा सुपारी वरामद गरेपछि विवाद उत्पन्न भएको बताइएको छ ।अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया