१० साउन, इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा रहेको नेपाल आरडिएस कम्पनी प्रालि विवादमा तानिएको छ । चिट्ठाको उपहारको विषयमा संचालकले मनोमानी गरेको आरोप लागेपछि प्रालि विवादमा तानिएको हो ।

आरडिएस कम्पनी प्रालिका स्वयं एजेण्टहरुले नै संचालकहरुमाथि मनोमानीको आरोप लगाएका हुन् । आरडिएस माथि काट्दै नकाटेको चिट्ठामा उपहार पारेको, रेकर्डमै नभएको अभियान्ता खडा गरी मातहतमा चिट्ठा पारेको जस्ता आरोप लगाइएको छ । एजेण्टहरुको समूहले विज्ञप्ती प्रकाशित गर्दै संचालकहरुमाथि अनियमितताको आरोप लगाएका हुन् ।

उता कम्पनीका संचालक मध्येका ऋषिकेश चौधरीले आफुहरुमाथि लगाइको आरोप झुटो भएको प्रतिकृया दिएका छन् । रिसिवी साँध्ने उद्येश्यले झुटो आरोप लगाइएको चौधरीको भनाई छ । कुनै गलत काम नगरी नियम संगत कम्पनीले चिट्ठा कार्यक्रम संचालन गरिरहेको कम्पनीको दावी छ । आरडियसले हरेक महिना चिठा कार्यक्रम अनतर्गत १० लाखको हाराहारीमा रकम एजेण्ट मार्फत संकलन गर्ने गरेको छ । जसमा ३१ जनालाई उपहार प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया