Upendra-yadav-1024x1024

मंसिर ११ काठमाडौं – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले इटहरीमा अयोजना गर्न लागिएको संघीय गठबन्धको आमसभा बिथोल्न सरकारले भिजेलान्ते प्रयोग गरेको आरोप लगाएका छन् । उनले सरकारको नेतृत्वमा एमाले कार्यकर्ताहरु प्रयोग गरेर मञ्च तोडफोड तथा जलाउने कार्य गरिएको दाबी गरेका हुन् । शुक्रबार बिहान इटहरीमा गठबन्धको सभास्थलमा आगजनी भएपछि दिउँसो विज्ञप्ति निकालेका यादवले यस्ता घटनाले निकास दिनुको सट्टा मुलुक थप संकटमा धकेल्ने चेतावनी दिएका छन् । सरकार साम्प्रदायिक दङ्गा भड्काउन उद्धत रहेको विज्ञप्तिमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया