काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा तत्काल नजाने भएको छ । शुक्रबार बसेको केन्द्रीय पदाधिकारी बैठकले तराई–मधेस समस्या समाधान र कार्यान्वयनमा सरकार गम्भीर नभएको निष्कर्ष निकाल्दै तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।

राप्रपाले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने र उपयुक्त समयमा उचित निर्णय गर्ने भएको छ ।समर्थनका सम्बन्धमा कार्यसम्पादन समितिको बैठकबाट निर्णय लिने निष्कर्षमा पुगेको एक नेताले बताए ।आजको अन्नपूर्ण पोस्टमा खबर छ।

तपाईको प्रतिक्रिया