गुगलले प्ले स्टोरबाट यस्ता २० एप्सलाई हटाएको छ जसले प्रयोगकर्ताको जासूसी गरिरहेका थिए । यी एप्स प्रयोगकर्ताको इ–मेल, टेक्स्ट, भोइस कल, स्थान र अन्य कुरामाथि निगरानी राख्थे । यो सयभन्दा बढि फोनमा इन्स्टल गरिएका थिए ।

यी एप्समा लिपिज्जां नामको एक स्पाइवेयर रहेको थियो जसको मद्दतले यो पुरानो एन्ड्रोइड भर्सन भएको ह्यान्डसेटमा सिक्योरिटी प्रोेटक्शनलाई बाइपास गरेर संवेदनशील यूजर डाटा जम्मा गरिरहेको थियो ।

गूगललले यस विषयमा एउटा ब्लग पनि पोष्ट गरेको छ जसअनुसार यी एप्समा यस्ता कोड थिए जसको मद्दतले यस्ता काम गर्न सकिन्थ्योः

– फोन रेकर्डिङ

– VoIP रेकर्डिङ

– लोकेशन मोनिटरिङ

– स्क्रिनसट लिनु

– फोनको क्यामराबाट फोटो लिनु

– डिभाइसको जानकारी र फाइल्सबारे जानकारी लिनु

– कन्ट्याक्ट, कल लग, एसएमएस, एपको डेटा एक्सेस गर्नु

यी एप्सले जिमेल, ह्याङ्आउट, मेसेन्जरजस्ता एप्सबाट जानकारी एकत्रित गरेको थियो र ह्वाट्सएप, टेलिग्राफ र भाइबरजस्ता एप्सको मेसेज पनि पढिरहेका थिए ।गूगलका अनुसार सुरुमा उसले यस्ता एप्सलाई ब्लक गर्यो तर चाँडै नै थोरै परिवर्तनका साथ पुनः पहिलेकै फर्मेटमा प्ले स्टोरमा फिर्ता भयो ।यो एप्सलाई साइबर आर्म्स कम्पनी एक्वस टेक्नोलोजीद्वारा विकसित गरिएको जसरी तयार गरिएको थियो ।एकपटक जब त्यसलाई ब्लक गरियो तब यो क्लिनर, नोटप्याड, साउन्ड रेकर्डर र अलार्म म्यानेजर एप्सजस्तै देखिन थाल्यो ।

ब्लगमा भनिएको छ, ‘लिपिज्जां एउटा यस्तो मल्टि–स्टेज स्पाइवेयर हो जसले प्रयोगकर्ताको इमेलमा प्रवेश गर्न सक्छ, त्यसको मेसेज, लोकेशन, भोइस कल र मिडियालाई पनि एक्सेस गर्न सक्छ । हामीले २० लिपिज्जां एप निकै चलाखीपूर्वक सयभन्दा बढि डिभाइसमा रहेको पायौं । हामीले यसका डेभलपर्स र यी एप्सलाई एन्ड्रोइड इकोसिस्टकबाट ब्लक गरिदिएका छौं ।’एकपटक इन्स्टल भएपछि यो एप सेकेन्ड स्टेजमा लाइसेन्स भेरिफिकेसन गराउँछन् र पुनः डिभाइसलाई स्क्यान गर्दथे र डेभलपरद्वारा नियन्त्रित एक सर्भरमा डेटा पठाउँथे ।रातोपाटिको सहयोगमा

तपाईको प्रतिक्रिया