काठमाडौं । सात सय ४४ गाउँपालिका र नगरपालिकाको शासन सञ्चालनसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा एक हजार ५६ वटा विषयमा संशोधन हुने भएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार पारी मन्त्रिपरिषद्ले स्वीकृत गरेको उक्त विधेयक संसद्मा झन्डै अढाई महिना रोकिएपछि पुनरवलोकन गर्ने क्रममा हजारभन्दा बढी विषयमा संशोधन हुन लागेको हो ।

संसद्को विकास समितिले सोमबारदेखि विधेयकमाथि दुई दिन दफावार छलफल गर्ने भएको छ । विकास समिति सभापति रवीन्द्र अधिकारीले स्थानीय तहको शासन सञ्चालयसम्बन्धी विधेयकमाथि सोमबार दिनभर र मंगलबार पनि दफाबार छलफल गरी अन्तिम रूप दिन लागेको जानकारी दिए ।आजको अन्नपूर्ण पोस्टमा खबर छ।

तपाईको प्रतिक्रिया