उनको मुखाकृति तथा जिउडाल ठ्याक्कै अमेरिकी राष्ट्रपति बाराक ओबामासँग मिल्छ । त्यसैले त उनलाई धेरैले चीनका बाराक ओबामा भन्न थालेका छन् । उनको सक्कल मात्र ओबामाको जस्तो होइन, क्यारिकेचर तथा भाषण पनि ओबामाले जस्तै गर्न सक्छन् । भलै उनले बोल्ने अंग्रेजी तथा गरेको भाषण कसैले पनि बुझ्न चाहीँ सक्दैन । नेपाली र अंग्रेजी मिसिएको नेपांग्रेजी भएजस्तै उनको चिनिया र अंग्रेजी मिसिएको च्यांग्रेजी भएर होला ।शियाओ चिकुओ नामका चिनिया युवक अहिले निकै चर्चित छन्, ओबामाकै जस्तो जिउडाल तथा हाउभाउका कारण । उनी भन्छन् : मेरो अंग्रेजी नराम्रो छ । जब म स्टेजमा गएर बोल्न थाल्छु, तब केही राम्रै अंग्रेजी र केही नक्कली अंग्रेजी मिसाएर बोल्छु । यसरी बोल्छु की मैले निकै राम्रो बोलिरहेको छु । तर सुन्ने मान्छेले भने फिटिक्कै बुझ्दैनन् । आफु र बाराक ओबामाबीचमा धेरै समानता रहेको उनी बताउँछन् । दुबै जनाको ब्लड ग्रुप एउटै हो रे । अनि, दुइजनाको जन्मदिन पनि केवल एक दिन अघि पछि छ रे ।अहिले चर्चित सेलिब्रेटी स्टेज कलाकार भैसकेका २९ वर्षे शियाओले कलाकार बन्नु अघि १० वर्षसम्म कारखानाको मजदुर तथा सुरक्षा गार्ड भएर काम गरे ।सन् २०१२ मा एक टेलिभिजन ट्यालेन्ट शो मा सहभागी भएपछि उनले एकाएक चर्चा पाउन थाले । त्यसपछि उनले विभिन्न अनलाइन मिनि सिरिज तथा शर्ट फिल्महरुमा काम गरिसकेका छन् । अब छिटै उनले अर्को एक छोटो फिल्ममा काम गर्दैछन् । उक्त फिल्ममा उनी ओबामाजस्तै देखिने एक गुण्डाको भूमिकामा रहनेछन् ।

भिडियो हेर्नुहोस्

 

तपाईको प्रतिक्रिया