१७ साउन, सप्तरी। सप्तरीको शम्भुनाथ नगरपालिका ५ मा मंगलबार अपरान्ह कुटपिटबाट दुईजना घाईते भएका छन्। जग्गाको बिषयमा बादबिवाद हुँदा सोही ठाउँ बस्ने ६४ बर्षिय रामु खङ र निजको बुहारी ४३ बर्षिय गंगा देवी मण्डललाई सोही ठाउँका ३१ बिलेचन राम र निजको बहिनी २० बर्षिया बिनिता कुमारी रामले कुटपिट गरेका थिए।
कुटपिटबाट घाईते दुबै जनालाई उपचारकालागी न्युरो अस्पताल बिराटनगर पठाईएको प्रहरी चौकी कठौनाले जनाएको छ।कुटपिट गर्ने बिलोचनलाई प्रहरीले नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको छ।

तपाईको प्रतिक्रिया