इनरुवा साउन १७/युवाहरुको सार्थक सहभागिताको अपरिहार्यतालाई मनन गर्दै चाँदबेलामा युवा संजालको गठन गरिएको छ । सामाजिक सद्भाव, एकता प्रवद्र्धन तथा स्थानीय विकासमा पारदर्शिता सहितको जवाफदेहिता अभिवृद्धिका लागि युवा संजाल गठन गरिएको हो । इनरुवा ७ चाँदबेलामा आयोजित अभिमुखिकरण कार्यक्रमकावीच संजालको गठन गरिएको हो । प्रल्लाद चौधरीको अध्यक्षतामा गठित युवा संजालमा दलित, जनजाति, मधेसी, अपाङ्गता भएका व्यक्ति र मुस्लिम गरी ११ जना सदस्य रहेका छन् ।


कार्यक्रममा संकल्प सी.बी.आर नेपालका अध्यक्ष लखनलाल साह र जय सिंहले सहभागिहरुकालागि सहजिकरण गरेका थिए । सूचनामाथिको पहुँचको अनिवार्यतालाई महसुस गरी संजाल गठन गरिएको संकल्पका लदनलाल साहले जानकारी दिए ।

सूचनाको पहुँचबारेको सर्वसाधारणमा ज्ञान बढाई सहज सूचना प्राप्त गर्न सक्ने बनाउनुनै युवा संजालको मूख्य भूमिका रहने बताइएको छ । संजालमा आवद्ध तथा सहभागिहरुकालागि सूचनाका विविध पक्षकाबारेमा अवगत गराइएको थियो । सत्यतथ्यमा आधारित सूचना सम्प्रेषण र त्यसले समाजमा पुर्याउने योगदान लगायतका बारेमा कार्यक्रममा जानकारी गराइएको थियो ।


कार्यक्रममा यु.एन.डि.पी.का सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रमका क्षेत्रिय संयोजक राजेन्द्र सुब्बाको समेत उपस्थिती रहेको थियो । सुब्बाले स्थानीय विकासमा युवा सहभागिता र परिचालनको खाँचो औल्याए । उनले युवा शशक्तिकरण सँगै समाजमा परिवर्तन सम्भव हुने र समुद्ध समाज निर्माणको पहल सार्थक हुने विश्वास व्यक्त गरे ।

 

सो कार्यक्रमका प्रमुख अतिथि इनरुवा ७ का नवनिर्वाचित वडाध्यक्ष किशोर सिंहले हरक्षेत्रमा युवाको भूमिका अहम हुनेभएकाले युवासहभागिता विनाको विकास असम्भव रहेको धारणा राखे । उनले नव गठित युवा संजालको साथ र सहयोगमा आफु सदैव तत्पर रहने बताए । संजालले सर्वसाधारणमा सूचनाको हकको प्रभावकारीता र विश्वसनियतालाई ध्यानमा राख्दै अघि बढ्नेमा विश्वस्त रहेको बताए ।

कार्यक्रम सामाजिक सद्भाव तथा सामुदायिक सुरक्षा संयन्त्र चाँदबेलाको संयोजन र यूएनडीपीको सहयोगमा संकल्प सी.बी.आर.नेपालले आयोजना गरेको थियो । नेरामावि चाँदवेलामा सम्पन्न कार्यक्रममा ५३ जना युवाहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया