ई. विनोद ढकाल अध्यक्ष, नेपाल कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान)
                       ई. विनोद ढकाल
                अध्यक्ष, नेपाल कम्प्युटर
          एशोसिएसन अफ नेपाल (क्यान)

सूचना, सञ्चार तथा प्रविधि नै राष्ट्रको आर्थिक विकासको आधार ठान्ने ई. विनोद ढकाल काठमाडौंमा सन् १९७० मा जन्मेका हुन् । भारतको द इन्ष्टिच्युट अफ इञ्जिनीयर्सबाट इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा बीई गरेका उनले एस इन्ष्टिच्युट अफ म्यानेजमेण्ट (पूर्वाञ्चल विश्वविद्यालय)बाट म्यानेजमेण्ट, फाइनान्स र मार्केटिङ विषयमा ईएमबीए गरेका छन् । उनी सूचना तथा प्रविधिसम्बन्धी जापानलगायत देशमा सम्पन्न अन्तरराष्ट्रिय सम्मेलनहरूमा सहभागी भइसकेका छन् । उनले नेपाल सरकारको सूचना प्रविधिसम्बन्धी उच्चस्तरीय आयोग (एचएससीआईटी)मा कम्प्युटर अधिकृतका रूपमा सेवा गरिसकेका छन् । यसै क्षेत्रसँग सम्बन्धित विभिन्न निजी कम्पनीमा काम गरिसकेका उनी इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इञ्जिनीयरिङ प्रालिका प्रबन्ध निर्देशक हुन् ।  नेपाल इञ्जिनीयर्स एशोसिएशनको आजीवन सदस्य ढकाल कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान)को सचिव, महासचिव, द्वितीय उपाध्यक्ष हुँदै सन् २०१२ मा अध्यक्ष भएदेखि आजसम्म संस्थाको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

आजको युगमा सूचना, सञ्चार तथा प्रविधि (आईसीटी)विना विकासका कुनै पनि आयाम सम्भव छैन । यसैको सहयोगले विकसित मुलुकहरु आजको स्थानमा पुगेका हुन् । हाम्रो जस्तो विकासमा अझै पनि पछि परेको मुलुकका लागि यसको महङ्खव र आवश्यकता झन् धेरै रहेको छ । राज्यले नै यस क्षेत्रको विकास गर्न खास किसिमको लगानी र कार्य गर्नुपर्छ । तर, नेपालमा अहिलेसम्म पनि राज्यका तर्फबाट आईसीटीलाई हेर्ने दृष्टिकोण नै प्रभावकारी हुन सकेको छैन । त्यसले गर्दा यो क्षेत्रको यथोचित विकास हुन सकेको छैन । कमजोरी कहाँनेर देखिन्छ भने नीतिनिर्माण तहका जिम्मेवारहरुले आईसीटीलाई विकासको मूल आधारसँग जोडेर हेर्न सकेका छैनन् । यसलाई नीतिगत तहबाटै काम गर्नु अहिलेको पहिलो आवश्यकता हो ।

वास्तवमा यो क्षेत्रको विकास गर्न त्यत्ति धेरै लगानी आवश्यक पर्दैन । मात्र सोचको खाँचो छ । हाम्रा छिमेकी दुई ठूला राष्ट्र चीन हार्डवेयरमा र भारत सफ्टवेयरमा अघि बढेका छन् । ती देशका कुल गार्हस्थ्य उत्पादनमा यो क्षेत्रले निकै सकारात्मक योगदान गरेका उदाहरण छन् । नेपालमा पनि प्राज्ञिक रुपमा आईसीटीको अध्यापन तथा तालीमहरु दिन थालिएपछि जनशक्ति राम्रै मात्रामा उत्पादन हुँदै आएका छन् । तर, हाम्रा जनशक्ति भारत, अष्टे«लिया, अमेरिकालगायत धेरै देशमा आफ्नो शीप बेच्दै छन् । हाम्रै देशमा चाहिँ त्यो खालको पूर्वाधार बनाउन खास कोशिशसम्म गर्दैनौं । त्यो एउटा विडम्बना हो । अहिलेसम्मको अवस्था हेर्दा निकट भविष्यमै यस क्षेत्रमा केही भइहाल्ने सङ्केत पनि देखिँदैन ।

अहिले चाहिँ जेजस्तो प्रगति भएको छ, त्यो विश्वव्यापी प्रभावस्वरुप आफैं हुँदै गएका हुन् । तर, यसलाई विकाससँग जोडेर अघि बढ्न नेपालले सफ्टवेयरको क्षेत्रमा विकास गर्न सक्ने सम्भावना छ ।

अहिले हामी आर्थिक विकासका सन्दर्भमा पर्यटन, कृषिलगायत क्षेत्रको व्यवसायीकरणको कुरा गर्छौं । तर, यी क्षेत्रको विकास गर्नु पहिले आईसीटीको विकास गर्नुपर्छ भन्नेचाहिँ छिमेकी देशलाई हेरेर पनि सिक्नु जरुरी छ । अहिले बङ्गलादेशमा ‘डिजिटल बङ्गलादेश’ अभियान शुरु भएको छ । अहिले बहुराष्ट्रिय कम्पनीका आईसीटीसम्बन्धी अधिक उत्पादन बङ्गलादेशमा हुने गरेका छन् । वातावरणीय प्रतिकूलताका हुँदाहुँदै पनि आईसीटीको विकासमा बङ्गलादेशले प्रवद्र्धनात्मक नीति लियो । विदेशीले समेत त्यहाँ गएर काम गर्न, उद्योग स्थापना गर्न सक्ने, लगानी गर्ने नीति अख्तियार गर्‍यो । त्यसले बङ्गलादेशको आर्थिक वृद्धिलाई धेरै माथि उठायो । हरेक हिसाबले काम गर्ने अनुकूल वातावरण भएको नेपालमा सोही प्रकारको नीति ल्याउने हो भने यहाँ पनि बाह्य लगानी भिœयाउन सकिन्छ ।

आईसीटी एउटा टूल (माध्यम) मात्र हो । यसको प्रयोग जुनसुकै क्षेत्रमा गर्न सकिन्छ । अहिले हामी कृषि, पर्यटन क्षेत्रको विकासको कुरा गरिरहेका छौं । यसले यीलगायत जुनकुनै क्षेत्रको विकास सहज बनाइदिन्छ । यसका लागि सफ्टवेयर, प्रोग्राम डेभलप गर्नुप¥यो । नेपालमा मानव स्रोत पर्याप्त मात्रामा छ । तर, यहाँ रोजगारीको उचित अवसरको अभावमा त्यो जनशक्ति विस्तारै विदेश पलायन हुँदै छ ।

हाम्रो नयाँ पुस्तामा आईसीटीप्रति निकै रुचि छ । यसलाई ख्याल गर्दै राज्य स्तरबाटै तदारुकताका साथ यो क्षेत्रको विकास योजना ल्याउन र कार्यान्वयन गर्न हतार गर्नु आवश्यक छ । त्यसो गर्न सके कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान उल्लेख्य हुने सम्भावना छ । अन्य देशका उदाहरणले यो कुरा पुष्टि गरिसकेको छ । योजनाबद्ध रुपमा काम गर्ने हो भने सबैभन्दा पहिले, कुनकुन क्षेत्रमा केकस्तो प्रकारको आवश्यकता छ ? त्यसलाई आईसीटीको कुनचाहिँ टुल प्रयोग गर्‍यो भने कस्तो लाभ लिन सकिन्छ ? त्यसका लागि कस्तो प्रकारको पूर्वाधार विकास गर्नुपर्छ ? लगानी र समयावधि कति लाग्छ ? त्यो लगानीको स्रोत केके हुन सक्छ ? हाम्रा उत्पादनको बाह्य बजार कहाँकहाँ हुन सक्छ ? त्यसका लागि कानूनी तथा नीतिगत व्यवस्था केके छन् ? केके कुरामा सहजता ल्याइदिने हो भने काम गर्न सहज हुन्छ ? यसका लागि राज्य र निजीक्षेत्रको सहकार्य कसरी गर्ने ? यी यावत् विषयमा दीर्घकालीन कार्ययोजना बनाउनुपर्छ । त्यसका लागि सर्वप्रथम अध्ययन/अनुसन्धानमा लगानी गर्नुपर्छ । यसका लागि ढिलो नगरीकन सरकारले काम गर्नसके निकट भविष्यमै दोहोरो अङ्कको आर्थिक वृद्धिदर प्राप्त गर्न आईसीटी एउटा गतिलो आधार बन्ने निश्चित छ ।अभियानबाट

तपाईको प्रतिक्रिया