मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
दौडधुपमै समय बित्नेछ भने आँटेको काम स्थगित हुन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। विवादले समस्या निम्त्याउन सक्छ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला। बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मनोरञ्जनमा अलमलिँदा लक्ष्य प्राप्त गर्न पछि परिनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ। रमाइलो क्षणमा पनि चिन्ताले सताउन सक्छ। परिस्थितिवश सोचेको लाभ नमिल्न सक्छ। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। व्यावसायिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन्।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुने देखिन्छ। परिस्थितिले समस्याको मोडमा पुर्याउन सक्छ। पुरानो गतिले पनि काम बिग्रन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। अरूको भरपर्दा काम रोकिन सक्छ। अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले भने साथ दिनेछन्।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूको माध्यमबाट राम्रै फाइदा हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। आम्दानी बिगार्नेहरू सक्रिय रहनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ। बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्ने देखिन्छ। प्रयत्न गर्दा ऋणमोचन हुनेछ। यात्रा गर्ने अवसर जुट्नेछ भने पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
पुरुषार्थी काम प्रारम्भ हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मान–सम्मान प्राप्त होला। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मिहिनेत गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। अध्यात्मभाव जागृत हुनुका साथै परोपकारी काम सम्पादन हुनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरूको साथ जुट्नेछ। नेपालि पात्रो

तपाईको प्रतिक्रिया