बाजुरा । छेडेदह गाउँपालिका–४ गुदखातिककी २५ वर्षीया कल्पना बोगटी आफ्नी आमा, दाजु र काकीका साथ सदरमुकाम मार्तडीमा नागरिकता बनाउन आएको चार दिन बितिसक्यो तर उनको हातमा अझै नागरिकता परेको छैन ।

‘नागरिकता हातमा आउँला र चारै जनाको भोट हाल्ने नाम लेख्न (मतदाता नामावली) जाने सोचेका थियौं तर चार दिन बितिसक्यो । नागरिकता नै बनेको छैन,’ लाइनमा बसेकी बोगटीले भनिन् । स्थानीय निर्वाचनमा नागरिकता नै नबनाएका कारण उनको परिवारका चार जनाले मताधिकार प्रयोग गर्न पाएका थिएनन् । आगामी चुनावमा मत हाल्न अहिलेदेखि नै नामवलीमा नाम दर्ता गर्न उनीहरू नागरिकता बनाउन सदरमुकाम आएका हुन् । उनीहरूको घर सदरमुकामबाट एक दिनको पैदल दूरीमा छ ।

१ साउनदेखि नागरिकता लिनेको एकाएक भीड बढेको छ । भीडका कारण जिल्ला प्रशासन कार्यालयको स्रोतसाधनले धान्न नसक्ने गरी आएका नागरिकलाई बिहान बेलुका र कार्यालय समयमा समेत नागरिकता वितरण गर्न कर्मचारीलाई भ्याई नभ्याई छ । अाजकाे राजधानी दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया