१८ साउन, इनरुवा/दुहवी नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष मेहदी हुसेन सहित ८ जना विरुद्ध सुनसरी जिल्ला अदालतमा मुद्धा दर्ता भएको छ । महिला माथि कुटपिट गरी चरम यातना दिएको आरोपमा वडाध्यक्ष हुसेन सहित सबै विरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्धा दायर भएको हो । स्वयं पीडित महिला सयरा खातुनले अदालतमा पुगेर कुटपिटको मुद्धा दर्ता गराएकी हुन् ।

वडाध्यक्ष हुसेन सहित उनका छोरा सद्दाम हुसेन, महिरुद्दिन, मो.अलाउद्दीन, सहिद हुसेन, मो.मुस्तकीम, जैमुल खातुन र महमुद भोलाका नाममा विपक्षी बनाई कुटपिटको मुद्धा दायर गरिएको छ । पीडित महिलाले आफुमाथि पञ्चायतिका नाममा गाउँले भेला पारी निर्घात कुटपिट गरि शारीरिक तथा मानशिक यातना दिएको भन्दै अदालत समक्ष न्याय दिलाइपाउँ भनि माग गरेकी छिन् । सैरा खातुनलाई तलाक पश्चात समेत विवाह गरेको भन्दै परिवारका सदस्य समेत भई गाउँका अगुवा लगायतकाले घण्टौं सम्म इटा बोकाएर निर्घात कुटपिट गरेका थिए । पीडित महिला यतिवेला जिल्ला सेवा केन्द्रमा उपचाररत छिन् ।

तपाईको प्रतिक्रिया