१८ साउन, विराटनगर । बिराटनगर महानगरपालीकाबासि को जागरुकता भए बिराटनगर प्रदेश नम्बर एकको राजधानी विराटनगर हुने नेपाली कांग्रेसका केन्द्रिय सदस्य डां .शेखर कोइरालाले बताएका छन् । मंगलबार आयोजित बसपार्क टोल विकास संस्था विराटनगर द्धारा नवनिर्वाचित जनप्रतिनीधिहरुको सम्मान कार्यक्रममा बोल्दै उनले प्रदेश नंम्बर १ को राजधानी बिराटनगर हुन आवश्यक रहेको बताए । विराटनगरको ऐतिहासिकता ,प्रजातन्त्र प्रप्तिको उद्गम थलो सवै कुराले विराटनगर प्रदेश नं १को राजधानी हुनेमा आफु बिश्वस्त रहेको समेत बताए ।

देशको समग्रविकासका लागी काग्रेसले पहल कदमी लिने र चाढैनै विराटनगरमा भौतिक पूर्वाधार विकासका लागी ठूलो लगानी भित्रन लागेको बताए ।उनले संविधान कार्यान्वयनका लागी सवैदल सचेत नभए, पाएका उपलव्धिहरुसमेत गुम्ने खतरा अझै बाकी रहेको धारण राखे । दलहरु आपसी मेलमिलाप टाढिदै जानु खतराको शंकेत भएको भन्दै कोइरालाले सवैदलले सहमति गरेर अगाडी बढ्नु पर्ने बताए ।

तपाईको प्रतिक्रिया