१९ साउन, काठमाडौं। बमबहादुर भण्डारीसहित नेपाल प्रहरीका एघार जनालाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)मा  सरकारले  बढुवा गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले बढुवा सिफारिसमा परेका ११ जना डिआइजीहरूलाई एआईजीमा बढुवा गरिएको सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

एआईजीमा बढुवा हुनेमा एक नम्बरमा बमबहादुर भण्डारी रहेका छन । दोस्रो नम्बरमा जयबहादुर चन्द र तेस्रो नम्बरमा देवेन्द्र सुवेदी रहेका छन् । त्यसैगरी, एआईजीमा बढुवा हुनेहरूमा पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टराई रहेका छन ।

डिआईजी नवराज सिलवास भने बढुवा सिफारिसमा परेका थिएन । आईजीपी बढुवाका विषयमा डिआईजी सिलवालको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेकाले तत्कालका लागि सिलवाल बढुवा हुनबाट बञ्चित भएका हुन ।

तपाईको प्रतिक्रिया