काठमाडौं । लामो समयदेखि पिसाबसम्बन्धी समस्याले थलिएका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको शुक्रबार प्रोस्टेट ग्रन्थीको अप्रेसन गरिने भएको छ ।

भक्तपुर गठ्ठाघरस्थित नागरिक अस्पतालमा डा. राजेश बर्माको टोलीले साँझ ४ बजे अप्रेसन गर्न लागेको पारिवारिक स्रोतले बतायो ।

पुरुष जनेन्द्रीय प्रणालीको एउटा महत्वपूर्ण भाग प्रोस्टेट ग्रन्थी मांसपेशी, कोष र तन्तुहरुले बनेको हुन्छ । प्रोस्टेट ग्रन्थी बढेका कारण भट्टराईले एक वर्षदेखि औषधि सेवन गरिरहेका थिए । निरन्तरको औषधि सेवनले पनि ग्रन्थी नघटेपछि अप्रेसन गर्न लागिएको हो । ‘प्रोस्टेट ग्रन्थी खासै खतरा होइन, यसले समस्या दिएमा मात्रै अप्रेसन गर्ने हो,’ एक चिकित्सकले भने, ‘यसले छिटो छिटो पिसाब लाग्ने, पोल्ने, पिसाब गरेर पनि बाँकी रहने हुन्छ ।’आजको नयाँ पत्रिकामा खबर छ।

तपाईको प्रतिक्रिया