काठमाडौं । माओवादी केन्द्रले संसदीय दलको प्रमुख सचेतकमा रेखा शर्मालाई नियुक्त गरिउको छ । संसदीय बोर्डमाको बिहीबारको बैठकले शर्मालाई प्रमुख सचेतक बनाउने निर्णय गरेको हो ।

टेकबहादुर बस्नेत सामान्य प्रशासनमन्त्री नियुक्त भएपछि माओवादीको प्रमुख सचेतक पद रिक्त थियो । शर्मा केपी ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री बनेकी थिइन् ।

त्यसअघि उनी माओवादी केन्द्रको संसदीय दलकी सचेतक थिइन् । दलकी सचेतक सीता नेपाली छिन् । कुनै दलको प्रमुख सचेतक र सचेतक दुवै महिला भएको यो पहिलोपटक हो ।आजको कान्तिपुरमा खबर छ।

तपाईको प्रतिक्रिया